0
असार–साउन महिनालाई गाउँघरका किसानहले मानो छरेर मुरी उब्जाउने महिनाको पमा विशेष महत्व दिने गर्दछन्। डेढ दुई महिना खेतबारीमा पसिना बगाएर वर्षदिनभरि खाने अन्न उब्जाउने वा त्यसबाट आफ्नो जीविका चलाउने श्रमजीवि किसानहका लागि यी महिनाको विशेष महत्व छ। असार–साउन महिनामा खडेरी प¥यो भने किसानहको जीवनमा बज्रपात पर्छ। त्यसैले किसानहको जीवन प्रकृति र मौसमसंग घनिष्टरुपमा गाँसिएको छ। स्वभाव र व्यवहारमै उनीहरु प्रकृतिका पूजारी हुन्छन्। तर कहिले उनीह प्रकृतिबाटै ठगिन्छन् भने राज्यद्वारा सधै उपेक्षित रहन्छन् । औद्योगिक विकास हुन नसकेको नेपालजस्तो अल्पविकसित मुलुकमा राष्ट्रिय उत्पादनको ठूलो हिस्सा कृषि क्षेत्रले ओगट्दै आएको छ। तर विगत केही वर्षयता कृषियोग्य जमिन बाँझो रहनेक्रम शुरु भएको छ। कृषिमा निर्भर जनशक्ति अन्य पेशा व्यवसाय एवं वैदेशिक रोजगारतर्फ आकर्षित भएको छ। विशेषतः कृषिमा युवाहको आकर्षण घट्दै गएको छ। राज्यले अहिलेसम्म युवाहलाई आकर्षित गर्ने ठोस नीति निर्माण गर्न सकिरहेको छैन। किसानहलाई दिइँदै आएको अनुदान साना किसान, हलो जोत्ने किसानसम्म पुग्न सकेको छैन। यसरी सुविधा लिनेहरु अधिकांश टाठाबाठा ठूलाबडाहहरु नै छन्। राज्यले कृषि विकासमा लगानी गरे पनि त्यो उत्पादक वर्गसम्म पुग्न नसकेको अवस्था छ। नेपालमा भू–उपयोग नीति लागू हुन नसक्दा जमिनको समुचित सदुपयोग हुन सकेको छैन। उत्पादन योग्य जमिनको प्लटिङ गरिँदा उर्वर भूमिमा कंक्रिटका महलहरु बनेका छन्। आवासीय र खेतीयोग्य जमिन छुट्याउने र त्यसलाई कार्यान्वयनमा लैजाने हो भने जमिनको समुचित सदुपयोग गर्न सकिनेछ। मानव जीवनका लागि आवश्यक पर्ने खाद्यान्नको स्रोत कृषि नै हो। त्यसैले यसको माग र आपूर्ति दिन–दिनै बढिरहेको छ। नेपालमा कृषि उत्पादन बढ्नुको साटो दिन–दिनै घट्दै गएको छ। ठीकढंगले भूमि व्यवस्थापन हुन नसक्दा खेतीयोग्य जमिन नाँसिदै गएकोले भविष्यमा यसले ठूलो समस्या सिर्जना गर्ने निश्चित छ। कृषकहले उन्नत बीउ–बिजन र मल समयमै पाउन सक्दैनन्। पाए पनि बजारक्षेत्र वा सदरमुकाम वरिपरिका क्षेत्रमा सीमित रहन्छ। त्यसैले दुर्गम ग्रामीण क्षेत्रका कृषकहले कृषिमा ठूलो श्रम र पसिना बगाए पनि त्यसबाट उचित प्रतिफल पाउन सकिरहेका छैनन्। ठूलो परिमाणमा रसायनिक मलको खपत भए पनि स्वदेशमै मल कारखाना खोल्ने प्रयासको थालनीसम्म हुन सकेको छैन। खेतीपातीको समयमा वर्षेनी मलको अभाव हुने गर्दछ। कतिपय अवस्थामा कृषकहरु गुणस्तरहीन मल प्रयोग गर्न बाध्य भइरहेका हुन्छन्। यसबाट उत्पादनमा नकारात्मक असर पर्नु स्वाभाविक हुन्छ। कृषिको विकासबिना मुलुकको आर्थिक उन्नति सम्भव छैन। सबैभन्दा पहिले कृषिको आधुनिकीकरण गरेर नै मुलुकलाई औद्योगिक विकासको मार्गमा अग्रसर गराउन सकिन्छ। पटक–पटक कृषि क्रान्तिको कुरा गर्दै आएका राजनीतिक दलका नेताहरु सरकारमा पुगेर पनि किन कृषि क्रान्ति हुन सकेन ? क्रान्ति भन्ने कुरा पार्टीका दस्तावेजमा लेखिएर वा नेताका भाषणमा झुण्डिएर हुने चिज होइन रहेछ। व्यवहारमा क्रान्ति गर्नु निकै ठूलो कर्म हो। हाम्रो यहाा सिद्धान्त र व्यवहारको तालमेल हुन सकेन। सत्तामा पुगेपछि नेताह सिद्धान्तच्यूत जस्तै भए। त्यसैले कृषि क्रान्तिको सवाल त्यत्तिकै हरालिएको छ। कृषिको विकासका लागि राज्यले गर्नुपर्ने काम धेरै छन्। तर गर्नै नचाहने प्रबृत्ति छ। भर्खरै मात्र नयाँ बजेट आएको छ। एउटा तप्काले भनौं वा बजेटबाट केही प्राप्त गर्नेहले बजेटको वाहवाही गरेका छन्। तर बजेटमा श्रमजीवी किसानहरुको हित हुने कुनै नयाँ कार्यक्रम छैन। मन्त्री, सांसद र ठूला कर्मचारीहरु मालामाल भए तर किसानहरुलाई कौवालाई बेल पाकेजस्तो भएको छ अहिलेको बजेट । त्यसैले कृषि उत्पादन बढाउने, कृषिको औद्योगिकीकरण गर्ने सवाल अहिले पनि रज्यको प्राथमिकताभित्र पर्न सकेको छैन।


Post a Comment

 
Top