0
गोल्डेन न्यूज संवाददाता
पुनरावेदन अदालत वार एशोसिएसन पोखराको आगामी निर्वाचनका लागि डेमोक्र्रेटिक लयर्स एशोसिएसन (डिएलए)कोतर्फ बाट अध्यक्षका लागि अधिवक्ता दयाराम गौतमको नेतृत्वमा १३ सदस्य उमेदवार घोषणा गरेको छ । एशोसिएसनको अध्यक्षमा दावी गर्नहरुमा रोहितराज बाँस्तोला, दामोदर अधिकारी, कपिलमणि दाहल, वीरेन्द« केसी, जनक बोहोरा मध्येबाट गौतम छानिएको डिएलए कास्की अध्यक्ष कृष्ण तिमिल्सिनाले बताए । यसैगरी समितिको उपाध्यक्षमा दिपक बाँस्तोला, सचिवमा शिवराज वाग्ले र सह–सचिवमा कृष्ण कुमारी गुरुङ र कोषाध्यक्षमा प्रभाष पराजुली लाई प्रस्ताव गरेको छ। सदस्यहरु तफ भानु कँडेल, प्रकाश मिश्र, राजेन्द«मान श्रेष्ठ, बिनिता नेपाली, भुवानी प्रसाद बराल, केशव रवण पराजुली, हरिबहादुर भुजेल र विमला कार्कीको नाम घोषणा गरेको छ ।  पुनरावेदन वारमा तीन सय ८८ साधारण सदस्य रहेकोमा प्रजातन्त्रवादी समूहको वर्चश्व छ । डिएलएको उम्मेदवारी घोषणाले प्रगतिशील समूहबाट सहभागिता हुने वा नहुने भन्ने वारेमा अझै टुङ्गो लागेको छैन । यसअघि सहमतीय सिद्धान्त अनुरुप प्रजातन्त्रबादी समूहको नेतृत्वमा अन्य पक्षघर पनि सहभागी भएका थिए तर यसपटको निवार्चनमा उम्मेदवारी नदिने सम्भावना पनि प्रवल रहेको  प्रगतिशील समूहका कानून ब्यवसायीले बताएका छन् ।




Post a Comment

 
Top