0
गोल्डेन न्यूज संवाददाता
ट्क्यासीले बढी भाडा लिएको र मिटरमा चल्न नमाल्ने ट्याक्सीलाई क्षेत्रीय प्रशासन कार्यालयले पोखरामा अनुगमन थालेको छ । क्षेत्रीय प्रशान कार्यालयको सम्मन्यमा कार्वाही सुरु गरेको छ । दुई टोली बनाएर भएको अनुगमनमा १ सय ३४ वटा ट्याक्सीहरु रहेको छन् । त्यस मध्ये १७ वटाको मिटर बिग्रिएको र एउटा ट्क्यासीले मिटर नभएकाले कार्वाहीका लागि गुणस्तर तथा नाप तौल कार्यालय कास्कीलाई सिफारी गरिएको क्षेत्रीय प्रशासन कार्यालय पोखराका लेखा अधिकृत नवराज श्रेष्ठले जानकारी दिए । अनुगमनका क्रममा एक ट्क्यासी चालकले मदिरा सेवन गरेको पाइएपछि कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको श्रेष्ठले जानकारी दिए । अनुगमनका क्रममा मिटरमा चलाइ रहेका ५५ वटा ट्याक्सी, मिटर भएर पनि मिटर नचलाइका १० वटा, साइड सिनका लागि रिर्जभ हिडेका २० वटा पाएको उनले बताए । उनले मिटर नचलाइ चलाएका १० वटा ट्याक्सीलाई पहिलो पटकलाई सचेत गरेर छाडेको बताए । अनुगमनमा क्षेत्रीय प्रशान कार्यालय, जिल्ला प्रशान कार्यालय कास्की, गुणस्तर तथा नाप तौल कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधिहरु थिए । यसैबीच नागरिकका गुनासा सुनेर सरकारी सेवालाई प्रभावकारी बनाउने उद्देश्यले पोखरामा स्थापना भएको हेलो सरकारमा पाँच महिनामा करिब ४ सय उजुरी परेका छन् । माघ ३ गते स्थापना भएको हेल्लो सरकामा जेठ अन्तिम सम्ममा ३ सय ९६ वटा उजुरी परेको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका उपक्षेत्रीय निर्देशक लोकराज रेग्मीले जानकारी दिए । उनले सबै भन्दा बढि पोखरा उप–महानगरपालिका, शिक्षा, स्वास्थ्य, जिल्ला प्रशासन कार्यालय कास्की, विद्युतका लाइन काटिने लगायतका गुनासा बढि आउने गरेको रेग्मीले बताए । उनले हेल्लो सरकारमा अहिले परेका मध्ये २ सय ७१ वटा उजुरीको फस्र्योट भई सकेको बताए । उनले १ सय २५ वटा उजुरी फस्र्योटका लागि निर्देशन दिइसकेको बताउदै काम भए नभएको फ्लो अफ गरि रहेको जानकारी दिए । उनले २ सय ४६ वटा लिखित उजुरी परेको बताए । पश्चिमाञ्चल क्षेत्रका गुनासा सुन्ने निकाए भए पनि हाल कास्की र तराई क्षेत्रबाट मात्रै गुनासो आउने गरेको बताए । उनले नागरीकलाई सरकारी निकायले दुःख दिएमा हेल्लो सरकारलाई खबर गर्न अनुरोध गरे । गुनासो टिपाउन ११११ नम्बरमा फोन, ११०० मा फ्याक्स र ०६१४६४८४१ मा गुनासो टिपाउन सकिने बताए ।





Post a Comment

 
Top