0
गोल्डेन न्यूज संवाददाता
गोरखा मिलन समाज पोखराको नवौं अधिवेशनले दुईवर्षे कार्यकालका लागि कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा तिलक तिवारी, महासचिवमा रमेशकुमार श्रेष्ठ, सचिवमा अग्रिम श्रेष्ठ र कोषाध्यक्षमा शोभाखर थापा चयन भए। समितिका सदस्यहरूमा तिलबहादुर गुरुङ, नगेन्द्र ठकुरी, कृष्णबहादुर बल्छौंडी, गीता खनाल, कोपिला श्रेष्ठ र पुनम गुरुङ (श्रेष्ठ) चयन भएका छन्। अधिबेशनको उद्घाटन गर्दै क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशालाका निर्देशक केदारराज पाण्डेले यसरी स्थापना भएका संस्थाले आफ्ना गाउँ, ठाउँको विकास गर्न महत्वपूर्ण योगदान दिने बताए।  जिल्ला बाहिर भएर पनि एक्लो अनुभव नहुनका लागि संस्थामा आवद्ध हुनुपर्ने उनको भनाइ छ। ‘कोही विरामी भयो भने पनि परिवारको जस्तो सद्भाव पाइन्छ, पीडाको अनुभुति हुँदैन’–उनी भन्छन्–‘यसमा संस्थाको भूमिका महत्वपूर्ण छ।’ कार्यक्रममा त्रिवि पश्चिमाञ्चल क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका प्रमुख अर्जुन भण्डारी, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका प्रमुख सम्झना शर्मा, अन्तर समाज महासंघ राष्ट्रिय समितिका अध्यक्ष दीपेन्द्र राईलगायतले बोलेका थिए। साधारणसभाले सचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ। कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिएको थियो। यस्तै, संस्थाको सफलतामा योगदान दिएका विभिन्न व्यक्तिलाई सम्मानसमेत गरियो। संस्थाका अध्यक्ष सूर्य क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तिलक तिवारीले गरेका थिए।


Post a Comment

 
Top