0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सह सचिव तेजराज पाण्डेले नेपाली युवाहरुको समस्याहरु समाधान गर्न युवा परिषद् भदौ भित्र सवै जिल्लामा सवै जिल्लामा गठन गर्ने गरी मन्त्रालयले काम अगाडि बढाएको जानकारी दिएका छन् । मन्त्रालयका सह–सचिव तेजराज पाण्डेले राष्ट्रिय युवा नीति–२०७२ र नीति कार्यान्वयनका लागि बनेको युथ भिजन २०२५ सहितको दश वर्षे रणनीतिक योजनाका बारेमा छलफलमा जानकारी गराएका थिए । परिषद गठन हुने वित्तिकै जिल्लामा रहेका सबै युवा सूचना केन्द्रहरुको समेत प्रभावकारिता बढने उनले बताए । बजेट अभावका कारण मन्त्रालयले युवा कार्यक्रमहरुमा गति लिन नसकेको वताउँदै सहसचिव पाण्डेले युवा संग गाँसीएका धेरै कार्यक्रमहरु परिषदको गठन पछि सहज हुने उनको भनाई थियो । मन्त्रालयले १० वर्षे रणनितिक योजना र कार्यक्रमहरुको कार्यान्वयनका लागि समेत सरोकारवाला संस्था र अन्य मन्त्रालयहरु संग समेत मिलेर काम गर्ने सहसचिव पाण्डेले वताए ।कार्यक्रममा मन्त्रालयले तयार पारेको राष्ट्रिय युवा नीति २०७२ र सो को कार्यन्वयनका गर्न बनेको युथ भिजन २०२५ सहितको दश वर्षे रणनीतिक योजनाको बारेमा मन्त्रालयका उपसचिव ज्ञानराज सुवेदीले पनि ६ वटा विभिन्न शीर्षकमा सहभागीहरुलाई जानकारी गराएका थिए । युवा तथा खेलकुद मन्त्रालयद्वारा पोखरामा आयोजित पश्चिमाञ्चल विकास क्षेत्रीय अन्तत्र्रिmया तथा छलफल कार्यक्रमका सहभागिहरुले राष्ट्रिय युवा नीति २०७२ को प्रभावकारी कार्यान्वयनका लागि समेत जोड दिएका थिए । दुई दिनसम्म चलेको कार्यक्रममा पश्चिमाञ्चलका कास्की, लमजुङ्ग, तनहुँ, स्याङ्गजा, पर्वत र म्याग्दी जिल्लाका विभिन्न रजतिक दलका भातृसंगठनका अध्यक्ष तथा अन्य सरोकारवाला संस्थाकाहरुका करिव ५० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।यसैबीच राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन नेपालको तेस्रो केन्द्रीय महाधिवेशनले प्रकाश रिमालको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । समितिमा पोखराका हिक्मतजंग कार्की गण्डकी अञ्चलको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन नेपाल कास्कीमा रहेर काम गर्दै आएका कार्की केन्द्रिय सदस्य भएका हुन् ।

Post a Comment

 
Top