0
गोल्डेन न्यूज संवाददाता
लागुऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्वको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा पोखरामा आइतबार ¥याली निकालिएको छ। युथ राईज नेपालको सहयोगमा मूल समारोह समिति जिल्ला प्रशासन कार्यालय कास्कीले ¥याली निकालेको हो ।  पोखराको मानवअधिकार चोकबाट शुरु भएको ¥याली न्यूरोड हँुदै सभागृहमा पुगेर सभामा परिणत भएको थियो। ¥यालीमा पूर्व लागूऔषध प्रयोगकर्ता र लागूऔषध नियन्त्रणका क्षेत्रमा क्रियाशील सङ्घ–संस्थाको सहभागिता रहेको थियो।सभामा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले कास्कीको धारापानीमा निर्माणाधिन अवस्थामा रहेको सुधार गृह छिट्टै सञ्चालनमा आउने बताए। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक गर्जुसिद्वि बज्राचार्यले लागूऔषध प्रयोगकर्तालाई उपचारको पहुँचसम्म पु¥याउन सवैले सहयोग गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा कम्युनिटी सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दिलिप गुरुङ, युथ राइज नेपालका फोकल पर्सन मनिष गुरुङ र डा.राजन शर्माले बोलेका थिए।  त्यसअवसरमा युथ राईज नेपालका फोकल पर्सन मनिष गुरुङले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलाई ‘साथ देउ दण्ड नदेउ’ अभिययानको बारेमा ज्ञापन पत्र बुझाएका थिए।   पश्चिम क्षेत्र एचआईभी÷एड्स सञ्जालका संयोजक विश्वमोहन गौचनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गेट वे फाउण्डेशनका अमृतकुमार भट्टराईले गरेका थिए। यसैवीच, आइतबार नै साँझ साथ देउ दण्ड नदेउ अभियानले साईकल ¥याली निकालेको थियो। ¥यालीले पोखराका विभिन्न स्थान परिक्रमा गरेको थियो। यसैबीच अन्तर्राष्ट्रिय यातना पीडित दिवसको अवसरमा यातना समाज कास्कीले पोखरामा पीडित र सरोकारवालाहरु बीचमा अन्तरक्रिया गरेको छ । कार्यक्रममा यातना पीडितहरु लेखनाथ नगरपालिका वडा नं १३ का गगनगौडा खुँदीखोलाका धनबहादुर थापा, गणेश बहादुर, रामकोट उच्च मा.वि हंसपुरका प्राचार्य भरतमणि भट्टराई हिमालय निमाविका शिक्षक सूर्य बहादुर नेपाली, पुरन्चौरकी सिर्जना परियार, लेखनाथ नगरपालिका वडा नं १३ का धुव्र बहादुर थापा, खुदीखोलाका पार्वती वाग्ले लगायतले सशस्त्र द्वन्दकालिन समयमा राज्यपक्ष र विद्रोही पक्षका बीच भएका द्वन्दका कारण आफूहरुलाई पुगेको शारीरिक तथा मानसिक यातनाको बारेमा बोलेका थिए । साथै उनीहरुले पीडितलाई उचित क्षतिपूर्ति सँगै सरकारले यातना पीडितको पीडालाई बुझनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै पूर्व सभासद दुर्गा वि.क.ले सरकारले यातना पीडितहरुको पहिचान गरी वास्तविक यातना पीडितहरुलाई परिचय पत्र दिलाउनुपर्नेमा जोड दिइन । कार्यक्रममा अधिवक्ता सरला कुमारी पाण्डे, कोपिला नेपालका कार्यक्रम संयोजक तीर्थ बहादुर थापा, दलित जिल्ला समन्वय समिति कास्कीका उपाध्यक्ष दुर्गा बहादुर सुनार, बाली संरक्षण अधिकृत स्तुती आचार्य, वाल संरक्षण ईकाई अधिकृत विन्दु भण्डारी, नेकपा एमाले जिल्ला सदस्य राधिका शाही, नेपाली काँग्रेसका कास्कीका सभापति कृष्ण के.सी, सचिव रामराज लामिछाने, नेकपा माओवादीका केन्द्रीय सदस्य निर्मला सुवेदी लगायतले यातना पीडितहरुका समस्याहरुलाई सरकारले उचित सम्बोन्धन गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, बास्तविक यातना पीडितहरुको पहिचान गरी यातना पीडित परिचय पत्र दिनुपर्नेमा जोड दिएका थिए । यातना पीडित समाज कास्कीका अध्यक्ष जयकृष्ण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पार्वती वाग्ले र सचिव सूर्य बहादुर नेपालीले पनि बोलेका थिए ।


Post a Comment

 
Top