0
गोल्डेन न्यूज संवाददाता
नेपाल अटोमोबाइल एशोसिएशन (नासा) कास्कीको अध्यक्षमा पुनः शिव श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । एशोसिएशनको उपाध्यक्षमा खेम ढकाल र कृष्णमान बुध्दाचार्य, सचिवमा प्रवेश पौडेल, कोषाध्यक्षमा दीपेन्द्र कोइराला चयन भए । सदस्यहरूमा देव नकर्मी, कपिलकिरण श्रेष्ठ, निरव नाल्मी, प्रज्वल रञ्जित र रेविना श्रेष्ठ चयन भएका छन् । उक्त अवसरमा बोल्दै नासाका केन्द्रीय महासचिव गोविन्द भट्टराईले सहासिक खेलकुदको क्षेत्रमा नासाको योगदान महत्वपूर्ण रहेको बताए । ‘अटो स्पोर्टस्को महत्व पछिल्लो समय बढिरहेको छ,’ उनले भने । नासाले सडक सुरक्षा सम्बन्धी सचेतनासमेत बढाइरहेको उनले बताए । नासाले उत्पादन गरेका खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगिता मा सहभागी भइरहेको भट्टराईले जानकारी दिए । खेलकुदको विकासका लागि नासासँग हातेमाले गरेर अगाडि बढ्न आफूहरु तयार रहेको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम गुरुङले बताए । सहासिक खेल क्षेत्रमा नासा कास्कीले पु¥याएको योगदान प्रशंसनीय रहेको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । नासाका गतिविधिलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन् ।

Post a Comment

 
Top