0
गोल्डेन न्यूज संवाददाता
नेपाल महिला संघ पोखरा १३ नं वडा इकाईकी पूर्व अध्यक्ष एवम् समाजसेवी धनकुमारी गुरुङको स्मृतिमा नेपाली काँग्रेस पोखरा १३ वडा समितिले बुधबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । श्रद्धाञ्जली सभामा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण के.सी.ले स्व. गुरुङको योगदानको चर्चा गर्दै सामाजिक सेवाका साथै पार्टीका गतिविधिमा अत्यन्त सकृयताका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको बताए । महिला वर्गको उन्नयनका साथै सामाजिक सचेतनाका क्षेत्रमा स्व.गुरुङले पु¥याएको योगदान अविष्मरणीय भएकोमा उनको जोड थियो । नेपाल प्रेस युनियन कास्कीका सभापति शिरोमणि बरालले कहिल्यै पनि पदलोलुपतामा नलागी अन्य महिला तथा कार्यकर्तालाई अग्रसर गराउने स्व. धनकुमारी दिदीको भावनालाई आत्मसात गरी अघि बढ्नुपर्ने बताए । स्व. गुरुङको परिवारले पनि उहाँको भावनालाई शिरोधार्य गरी समाजिक विकासका क्षेत्रमा अग्रसर हुँदै पार्टी संगठनलाई सशक्त बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बरालले बताए । नेपाली काँग्रेस वडा नं १३ इकाईका सभापति अर्जुन सिग्देलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सदस्य राजेन्द्र अधिकारी, परिवारका सदस्य गोपाल गुरुङ लगायतले स्व. गुरुङको योगदान बारे चर्चा गरेका थिए । रक्तचाप एवम् मधुमेहको समस्याबाट ग्रसित गुरुङको ७० वर्षको उमेरमा मणिपाल शिक्षण अस्पतालमा यही जेठ २० गते निधन भएको थियो । उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उनकै निवास भद्रकालीमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।







Post a Comment

 
Top