0
लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस पोखरामा पनि सप्ताहव्यापी मनाईएको छ । २९औं दिवसको अवसरमा नौलो घुम्ती नेपाल पनि पोखरामा विभिन्न कार्यक्रम गरेको कार्यकारी निर्देशक शिवराज शर्माले जानकारी दिए । दिवसको अन्तिम दिन मंगलवार पोखरामा चित्रकला प्रतियोगिता गरिएको छ। चित्रकला प्रतियोगितामा नौलो घुम्ती अन्र्तगत संचालित महिला तथा पुरुष लागूपदार्थ÷मद्यपान परामर्श उपचार तथा पुनस्थापना केन्द्रका ३० जना आवासीय सेवार्थीहरु सहभागी भएको कार्यक्रम संयोजक मना ज्ञवालीले जानकारी दिइन । चित्रकलामा विजेता ५ जना सेवार्थीहरुलाई संस्थाका अध्यक्ष मेहरमान श्रेष्ठ, कार्यकारी निर्देशक शिवराज शर्मा, पूर्वकार्यकारी निर्देशक तथा आजीवन सदस्य नारायण पौडेलले पुरस्कृत गरेका थिए ।  संस्थाका अध्यक्ष मेहरमान श्रेष्ठले संस्थाले समाजमा लागूपदार्थ दुव्र्यसनीका लागि सदैव सकरात्मक कार्य गर्दै आएको बताए। उनले नौलो घुम्ती नेपालले समाज परिवर्तनका लागि गर्ने हरेक कार्यमा सवैको सहयोग र सद्भाव जरुरी रहेको स्पष्ट पारे। यस्ता कार्यक्रमहरुले समाजमा पुनः स्थापित जीवन बिताउन सहज भूमिका खेल्ने उनले बताए । कार्यकारी निर्देशक शिवराज शर्माले समाज सेवाका लागि नौलो घुम्तीले गरेको कार्य प्रशंसनीय रहेको बताए । आजीवन सदस्य नारायण पौडेलले समाजका वढेको विकृति र विसंगति तथा कुलतमा लागेकाहरुलाई सुधार्न नौलो घुम्ती नेपालले गरेको कार्यक्रम सहयोगी बनेको बताए ।
















Post a Comment

 
Top