0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा पिस होमको नेतृत्व विकास तालिम शनिवार सम्पन्न भएको छ । क्लबका सदस्यहरुलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रमको प्रमुख आतित्थ्यतामा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर ध्रुब थापाले गरेका थिए । वरिष्ठ मिडियाकर्मी एवं रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले प्रशिक्षण दिएका थिए । कार्यक्रमका प्रमुख आतिथि डिष्ट्रिक्ट गभर्नर ध्रुब थापाले समय सापेक्ष डिष्ट्रिक्टको कार्यक्रम भित्र पर्ने यो तालिम नेतृत्व बिकासका लागि धेरै उपयोगी रहेको बताउँदै यहाँबाट सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । तालिमामा प्रशिक्षक दिपेन्द्र श्रेष्ठले नेतृत्व विकासका लागि सभ्य भाषाको आवश्यकता, सकारात्मक सोच, यूनिटी पावर जस्ता अत्यावश्यक कुरामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । यस तामिमले संघ संस्था नेतृत्व लिन तथा आफ्नो व्यापार व्यवसायमा पनि ठुलो सहयोग पुग्ने र सहभागीमा आत्मविश्वास बढेको क्लबका अध्यक्ष सरिता हुमागाईले बताइन । कार्यक्रममा डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी लायन विश्वेश्वर आचार्य, क्लवका रिजन चेयरपर्सन दुर्गा  प्रसाद हुमागाँई, जोन चेयरपर्सन  तेजनारायण पराजुली, क्लव अध्यक्ष सरिता हुमागाई, क्लवका संस्थापक अध्यक्ष कल्पना मल्ल, क्लवका सचिव शुशिला सिग्देल, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मी थापा, क्लबका टेमर लक्ष्मी बाँस्तोला लगायतले तालिम र यसको महत्वका बारेमा बोलेका थिए ।





Post a Comment

 
Top