0
गोल्डेन न्यूज संवाददाता
सामाजिक सञ्जाल फेसबुकमा आवद्ध महिलाहरुको समूह जिआरआर (गल्र्स राइजिङ्ग रुम) ले कास्की निर्मलपोखरी, १ किरियापानीमा रहेको श्री बाल विद्याश्रम प्रा.वि.लाई करिव ५० हजार रुपैयाँ वरावरको शैक्षिक तथा सरसफाईका सामाग्री सहयोग गरेको छ । विद्यालयमा नै एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएकोे सहयोग सामाग्री ग्रहण गर्दै विद्यालयकी प्रध्यानाध्यापक शान्ता ढकालले भूतबंगाला हुन लागेको विद्यालयमा जिआरआरले गरेको सहयोगले विद्यालयको स्तरोन्नतिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नन्दलाल वरालले सहयोग सामाग्रीले विद्यालयका शिक्षक तथा विद्यार्थीमा थप हौसला प्रदान भएको बताए । कक्षा ५ सम्म पढाई हुने सो विद्यालयमा २७ जना विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा बोल्दै समूहका एडमिन सुर्किती भुर्तेल, शर्मिला कार्की र चन्द्रा श्रेष्ठले सो विद्यालयलाई आगामी दिनमा पनि जिआरआर गु्रपले सहयोग गर्ने बताएका थिए । समूहमा आवद्ध सदस्यमध्ये १५ जनाको सकृय उपस्थितीमा सो सामाग्री शनिवार हस्तान्तरण गरिएको र समुहले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको कार्यक्रम संयोजक निशा पन्थीले जानकारी दिईन् ।





Post a Comment

 
Top