0
प्रजातान्त्रिक विचार समाज कास्कीले कास्की शाखाबाट प्रजातान्त्रिक विचार समाजको केन्द्रिय समितिमा हालै निर्वाचित  पदाधिकारी एवं सदस्यहरुलाई बधाई एवं सम्मान गरेको छ ।  कास्कीबाट केन्द्रिय सचिवमा निर्वाचित हुने प्रा.डा. वासुदेव भण्डारी, विन्दु पौडेल र विर बहादुर कार्कीलाई सम्मान गरेको हो । त्यसै गरी हालै दया शंखर स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत  शाखाका सदस्य तथा पत्रकार रमेश पौडेललाई पनि सम्मान गरेको छ । समितिको अर्को सदस्य जीता बराल जनप्रिय क्याम्पस व्यवस्थापन समितिको सदस्यमा निर्वाचित भएकोमा पनि सम्मान गरेको छ । कार्यक्रममा बोल्दै विचार समाज कास्कीका पूर्व सदस्य एवम् नवनिर्वाचित केन्द्रिय सचिव प्रा.डा. वासुदेव भण्डारीले विचार समाजले मुलुकमा प्रजातान्त्रिक मुल्य मान्यतालाई अगाडि बढाउने सवालमा काम गर्ने बताए ।  कार्यक्रममा समाजका सल्लाहकार पद्यशरण रेग्मी, प्रध्यापक विष्णु पराजुली, प्रा.डा. वेदनाथ शर्मा लगायतले लोकतन्त्रलाई संस्थागत रुपमा अगाडि बढाउन र संविधानको सफल कार्यन्यनका लागि पनि विचार समाजको भूमिका अहम हुने बताएका थिए ।

Post a Comment

 
Top