0
मर्दिखोलाको टेण्डर रद्ध गर्न पोखराका सामाजिक अभियन्ताहरुले क्षेत्रिय प्रशासक, प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीको ध्यानाकर्षण गराएका छन् । पोखरावासीले प्रयोग गर्ने खानेपानीको मुहान रहेको मर्दिखोला भू–भागमा दुङ्गा, बालुवा, निकाल्ने क्रममा हुने प्रदुर्षणले पोखराको पिउने पानीमा प्रतिकूल असर पर्ने ज्ञापनपत्रमा उल्लेख गरिइएको छ । प्रदूषित पानी पिउँदा जनस्वास्थ्यमा गम्भीर असर पर्ने भएकोले उनीहरुले मर्दिखोलाको टेण्डर रद्द गर्न माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै क्षेत्रीय प्रशासक शंकर कोइरालाले ठेक्का प्रक्रिया रोक्नको लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन जारी गर्न आग्रह गरेका छन् । उनले अभियन्ता कै अगाडि कास्कीका स्थानीय विकास अधिकारीलाई टेलिफोन गरि टेण्डर रद्द गर्न निर्देशन दिए । कोइरालाले जनताको सुझाव अनुसार नै विकास हुने भएकाले कास्कीका प्रवदर््ध वर्गको सुझावलाई आफूले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । त्यहाँबाट प्राप्त हुने ३५÷४० लाख जिल्ला विकास समितिका लागि ठूलो नभएको भन्दै आवश्यक परे सो बराबरको रकम अर्थमन्त्रालय बाट निकासा गरिदिने समेत बताए । त्यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले मर्दिखोलाको टेण्डर रोक्नुपर्ने बताउँदै त्यसका लागि आफूले निर्देशन दिने विश्वास दिलाए । ज्ञापनपत्र बुझ्दै कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले नागरिक अभियन्ताको मागप्रति ध्यानाकर्षण भएको बताउँदै ठेक्का प्रक्रियाको बारेमा बुझ्ने बताएका छन्। उनले जिल्ला परिषद्बाट पास भएको योजना भएकाले राजनीतिक दलसँग छलफल गरि ठेक्का रद्धको प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाए । मर्दिखोलाको ढुङ्गा, गिटी, बालुवा, ठेक्का दिने प्रक्रियाको अविलम्ब खारेज गर्न सामाजिक अभियन्ता तीर्थ श्रेष्ठ, पोखरा उपमहानगरपालिकाका पूर्व प्रमुख भोला थापा, पोखरा उप–महानगरपालिका पूर्व प्रमुख एंव नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष अशोक पालिखे, सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठ र तमु धीँ नेपालका अध्यक्ष कर्म तमुले ज्ञापनपत्र बुझाउँदै पोखरालाई स्वस्थ शहरको रुपमा रुपान्तरण गर्नुपर्ने खाँचो औंल्याएका छन् ।




Post a Comment

 
Top