0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्लाको ल्वाङघलेल लाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरिएको छ। ल्वाङ्घलेलका ८ सय ५२ घरधुरीमा पूर्ण खोप सुनिश्चित गाविस घोषणा निर्देशिका अनुरुप गरिएको सर्वेक्षण संकलनमा जन्मेदेखि १ वर्षभित्रका ७१ र १२ देखि २३ महिनासम्मका १ सय १ बच्चाहरु रहेकोमा सबै बालबालिकाहरुले आफ्नो उमेर अनुरुप पाउनुपर्ने सबैखाले खोप प्राप्त गरेपछि गाविसलाई पूर्ण खोप सुनिश्चित गाविसघोषणा गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले पूर्ण खोप सुनिश्चित गाविस घोषणा गर्दै कास्की जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी भैरहेकोले यस ल्वाङ्घलेल गाविसलाई कास्की जिल्लाको २७औं गाविसको रुपमा पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरिएको बताए। ल्वाङ्घलेल स्वास्थ्य चौकीको जीर्ण भवन निर्माणको लागि आफूले सकारात्मक र यथाशक्य पहल गर्ने र नयाँ संविधान अनुसार स्थानीय निकायहरुको पुनःसंरचनाको लागि आगामी साउन÷भदौ महिनामा छलफल गरी गाउँपालिका गठनको सम्बन्धमा निष्कर्षमा पुग्न लागेको जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका बरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाद घिमिरेले पूर्ण खोप सुनिश्चित गाविस घोषणा केवल घोषणाका लागि मात्र नभएर खोप कार्यक्रमको महत्व, निरन्तरता र दिगोपनका लागि सचेतना मूलक भएको बताए। उनले स्वास्थ्यचौकीको भवन निर्माणका लागि सम्बन्धित निकायहरुमा आवश्यक पहलको कार्यलाई अगाडि बढाउने बताए । नेपाली काँग्रेस कास्कीका सदस्य युवराज कुँवरले विकासमा राजनीति गर्न नहुने बताएका थिए। कार्यक्रममा नेकपा एमालेको तर्फबाट रामहरि गुरुङ्ग, वडा नागरिक मञ्चको तर्फबाट टेक बहादुर श्रेष्ठ, स्वास्थ्यकर्मीहरुको तर्फबाट मुगा थापा, महिलाहरुको तर्फबाट मर्दिबराह महिला सहकारीका श्रीकुमारी तामाङ, महिला स्वास्थ्य स्वयंसेविकाको तर्फबाट उमा अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  कार्यक्रममा गाविससचिव टिकाराम आचार्यले कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए सोही अवसरमा पूर्णखोप सुनिश्चित गाविस घोषणाको लागि महत्वपूर्ण योगदान पु¥याउने महिला स्वास्थ्य स्वयंसेविकाहरु एवं ल्वाङ्घलेल स्वास्थ्य चौकीलाई प्रसंसापत्रले सम्मान गरिएको थियो । गाविस सचिव एवं ल्वाङघलेल स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यको अध्यक्षतामा संचालित कार्यक्रममा स्वागत ल्वाङ्घलेल स्वास्थ्यचौकीका प्रमुख दीपक शर्मा र कार्यक्रमको संचालन गौरीशंकर मनिलाल उच्च माविका शिक्षक कुलप्रसाद अधिकारीले गरेका थिए ।






Post a Comment

 
Top