0
गोल्डेन न्यूज संवाददाता
पप गीतमा छुट्टै पहिचान बनाएर दर्शकमाझ लोकप्रिय रहेको डि–मर्चा व्याण्ड ट्राफिक सन्देशमूलक गीत लिएर दर्शकमाझ आएको छ । केही समयअघी बनाएको ट्राफिक जनचेतनामूलक गीतलाई भिडियो बनाएर डि–मर्चा दर्शकमाझ आएको हो । ‘ट्राफिक नियम पालना गरी दुर्घटनाबाट बचौं, ट्राफिक प्रहरीले सिठ्ठी फुक्दा आफ्नो सवारी रोकौं’ भन्ने बोलको गीतमा डि–मर्चाले भिजुअल बनाएको हो । पोखरा र लेखनाथका सडक तथा विद्यालयहरुमा खिचिएको भिडियोको निर्देशन तथा दृश्यांकन सुरज श्रेष्ठले गरेका छन् । युवा निर्देशक श्रेष्ठले गीतको दृश्यमार्फत दर्शकलाई अधिकतम सन्देश दिने प्रयास गरिएको बताए । भिडियो निर्माणको सम्पूर्ण काम सकेर प्रशारणका लागि योग्य भएको डि—मर्चाका भोकलिष्ट भास्करध्वज श्रेष्ठले जानकारी दिए । बढ्दो सवारी दुर्घट्ना न्यूनिकरणका लागि गीत तयार पारिएको उनले बताए । सञ्चारकर्मी सन्देश श्रेष्ठको परिकल्पना, शिव शर्माको शव्द र डि—मर्चाको संगीत तथा गायनमा तयार पारिएको सो गीत ट्राफिक जनचेतनामूलक छ । डि–मर्चा व्याण्डले ‘खैलाबैला भो’, ‘हुन्देरे’, ‘१,२,३ भन्दिने हो’, ‘झ्याम्म झ्याम्म’ र कोहि छ किन्ने ? एल्वम् निकालिसकेको छ ।

Post a Comment

 
Top