0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता रवीन्द्र अधिकारीले कांग्रेसले प्रधानमन्त्रीलाई सदनमा बोल्न नदिएर लोकतन्त्रको भद्दा अभ्यास गरेको बताएका छन्। उनले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिने कांग्रेस नक्कली प्रजातन्त्रको हिमायती भएको आरोप लगाए। सक्छौ भने संसदमा बहुमत पुर्रुयाएर नयाँ सरकार बनाएर देखाउ,’ उनले भने, ‘होइन भने भूकम्पपीडितको नाममा सदन अबरुद्ध गरेर जनताको आवाज अबरुद्ध नगर। अनेरास्ववियु रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको एसएलसी उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नेता अधिकारीले भूकम्पपीडितलाई दुई लाख होइन तीन लाख रुपैयाँ दिन पनि सरकार तयार रहेको भन्दै प्रधानमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने बताए। कांग्रेसका रामशरण महत अर्थमन्त्री भएको समयमा भूकम्पपीडितलाई एकमुष्ठ ५० हजार दिनुपर्छ भन्दा त्यती त मिल्दैन भन्ने, अहिले आएर सदन अबरूद्ध गरी एकमुष्ठ दुई लाख दिनुपर्छ भन्ने नाजायज माग राखेर सदन अबरूद्ध गर्ने कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गर्दैछ,’ अधिकारीले प्रश्न गरे। सांसद विकास समितिका सभापति समेत रहेको नेता अधिकारीले एमालेले ल्याएको लोकप्रिय बजेट देखेपछि कांग्रेस अतालिएर नाजायज माग राखेर सदनमा अबरूद्ध गर्न थालेको दावी गरे। ‘२०५१ सालमा एमालेले पहिलो पटक ल्याएको बजेटमा पनि कांग्रेसले कनिका छरे झै गरी बजेट ल्याएको भनेको थियो’, अधिकारीले भने, ‘अहिलेको बजेट पनि जनतामाझ लोकप्रिय हुने देखिएपछि कांग्रेस अतालिएको छ। अनेरास्ववियुका पूर्वअध्यक्ष समेत रहेका नेता अधिकारीले उत्कृष्ट विद्यार्थीलाई जुनसुकै विषय अध्ययन गरे पनि त्यसमा उत्कृष्टता हाँसिल गर्न आग्रह गरे। ‘कुनै पनि विषय सानो ठूलो हुँदैन’, उनले भने, ‘जुन विषय अध्ययन गरे पनि त्यसमा सर्वोकृष्ट ठहरिनुपर्छ।’ नले खोज अनुसन्धान र उत्सुक भएर अध्ययन गरे उत्कृष्ट बन्न सकिने बताए।








Post a Comment

 
Top