0
गोल्डेन न्यूज संवाददाता
सवारी चालक अनुमति पत्र
(लाइसेन्स) बनाइदिन्छु भनि ठगी गर्ने जाजरकोटका पदम बहादुर वली पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय गण्डकीबाट परीक्षा नै नदिई लाईसेन्स बनाइदिन्छु भनि विभिन्न ब्यक्तिबाट पैसा उठाएर ठगी गर्ने जाजरकोट घर भइ हाल पोखरा–१७, ड्यामसाइडमा जाजरकोट झिर हाउस सञ्चालन गर्दै आएका पदमबहादुर वलीलाई कास्की प्रहरीले पक्राउ गरेको हो । यातायात ब्यवस्था कार्यालय ड्याम साइडमा सरेदेखिनै वलीले स्याङ्जा, तनहु र कास्कीका विभिन्न २१ जनाबाट परीक्षा नै नदिइकन सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै ८० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीले वलीलाई ठगी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

Post a Comment

 
Top