0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र सदस्य सम्पन्नमान श्रेष्ठ काठमाडांैमा सम्मानित भएका छन् । शिखर नेपालको १३आंै वार्षिक उत्सवको अवसरमा पौडेल र श्रेष्ठलाई सम्मान गरिएको हो । शिखर नेपालले राजनीति, सुरक्षा र खेलकुदका क्षेत्रबाट गरेको योगदान र हौसला बढाउने उद्देश्यले सम्मान गरेको हो । कार्यक्रममा राजनीतिक क्षेत्रबाट पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डीत, सुरक्षा क्षेत्रबाट सर्वेन्द्रनाथ खनाल, खेलकुद  क्षेत्रबाट पौडेल र श्रेष्ठलाई सम्मान गरिएको थियो । उनीहरुलाई उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले सम्मानपत्र सहित सम्मान गरेका थिए । पौडेललाई पश्चिमाञ्चल क्षेत्रको खेलकुदको विकासमा खेलेको भुमिकालाई मूल्याङ्कन गर्दै र आगामी दिनमा थप राम्रा काम गर्न हौसला स्वरुप सम्मान गरिएको बताइएको छ । त्यस्तै स्थानीय रुपमा खेलकुदको विकासमा पछिल्लो समय खेलेको भूमिकालाई मूल्याङकन गदैं बाग्लुङका सम्पन्नमान श्रेष्ठलाई आयोजकले सम्मान गरेको हो । सम्मानपछि क्षेत्रीय अध्यक्ष पौडेलले खेलकुदको पदाधिकारीका हैसियतमा जिम्मेवारी पुरा गरेको बताउँदै शिखर नेपालले गरेको सम्मानले आगामी दिनमा पश्चिमाञ्चल र समग्र खेल क्षेत्रको विकासमा लाग्न प्रेरणा मिलेको बताए । ‘खेलकुद क्षेत्रमा खासै काम गरेको भन्ने मैले सोचेको थिइन् र मैले यति ठूलो सम्मानको हकदार हुँ जस्तो लागेको थिएन् तर शिखरले दिएको सम्मानबाट खुशी छु’–उनले भने । अर्का सम्मानित क्षेत्रीय खेलकुद विकास समितिका सदस्य सम्पन्नमान श्रेष्ठले आफूलाई स्थानीय रुपमा खेलकुदको क्षेत्रको गरेको कामलाई लिएर गरिएको सम्मानले हौसला र दायित्व बोध गराएको बताउँदै आगामी दिनहरु खेलकुद क्षेत्रमा लगाउने बताए ।


Post a Comment

 
Top