0
गोल्डेन न्यूज संवाददाता
कास्कीको दुई मुख्य पर्यटकीय क्षेत्र जोड्ने गरी सोमवारबाट सिधा बस सेवा सुरु भएको छ । पोखराको फेवाताल र लेखनाथको वेगनासताल जोड्ने गरी पर्यटन सेवाको नाममा सिधा बस सेवा सुरु गरिएको छ । पोखरा बस ब्यवसायी समिति र वेगनास बस ब्यवसायी समितिको समन्वयमा सोमबारबाट सिधा बस सेवा सुरु गरिएको हो । पोखरा बस ब्यवसायी समितिका सचिव अमृत शर्मा तिमल्सिनाका अनुसार तत्कालको लागि दुई वटा समितिका चार–चार गरी दैनिक ८ वटा गाडी सञ्चालन हुनेछन् । फेवातालबाट वेगनासताल र वेगनासबाट फेवातालका लागि आधा घण्टाको फरकमा गाडी छुट्नेछन् । विहान साढे ६ बजेदेखि साझ ६ बजेसम्म दैनिक ८ वटा बस आधा घण्टाको फरकमा २४ क्युमा सेवा दिने गरी ब्यवस्था मिलाइएको तिमल्सिनाले बताए । फेवातालबाट वेगनासताल सम्मको लागि ५० रुपैयाँ भाडा दर कायम गरिएको छ ।  प्रमुख पर्यटकीय क्षेत्रमा सिधा बस सेवा नहुँदा विभिन्न स्थानबाट गाडी फेर्दै जानुपर्ने बाध्यता थियो । अब फेवाताल अवलोकन गरेर वेगनास जान चाहनेले सिधा बस सेवा प्राप्त गर्नेछन् । तिमिल्सिनाले पर्यटकीय नगरी पोखराका मुख्य पर्यटकीय क्षेत्रहरु जोड्ने गरी बस सेवा सञ्चालन गरिने बताए । तत्कालको लागि फेवा वेगनासताल बस सेवा सुरु गरिएको र भविष्यमा अन्य पर्यटकीय क्षेत्रलाई पनि जोड्ने गरी सेवा विस्तार गर्ने उनले बताए । ‘डेभिडफल्स, महेन्द्रगुफा, फेवाताल, पर्वतीय संग्राहलय लगायतका मुख्य पर्यटकीय क्षेत्र जोड्ने गरी, पर्यटक सेवा सुरु गर्ने तयारीमा छौं उनले भने–‘एउटा नगरबसमा चढेपछि पोखराका मुख्य पर्यटकीय क्षेत्रको दृश्याबलोकन गर्न सकियोस् । यसैबीच पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले पर्यटन व्यवासायीको पहिले देखीको माग बल्ल पुरा भएको बताए । उनले बस सेवाले आन्तिरीक र बाह्यि पर्यटकका लागि टेवा पुग्ने स्पष्ट पारे ।








Post a Comment

 
Top