0
गोल्डेन न्यूज संवाददाता
फेवा पब्लिक सेकेण्डरी बोर्डिङ स्कुल गणेशटोल ४ पोखरामा शुक्रबार विद्यालयको वार्षिक क्यालेण्डर अनुसार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुमा समसामयिक विषयमा गहकिला तर्क दिन सक्ने क्षमता वृद्धि होस् भन्ने उद्देश्यले विद्यालयले कार्यक्रमको आयोजना गरेको हो । कक्षा दुई देखि पाँच सम्मका विद्यार्थीहरुका लागि जुनियर तह र कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुका लागि सिनियर तह गरी कार्यक्रमलाई दुई तहमा विभाजना गरिएको थियो । जुनियर तहमा ४८ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए भने सिनियर तहमा २५ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । जुनियर तहका विद्यार्थीहरुले सरसफाईमा विद्यार्थीको महत्व विषयमा आफ्ना तर्कहरु राखेका थिए भने सिनियर तहका प्रतियोगीहरुलेछुवाछुत उन्मुलनमा विद्यार्थीको महत्व विषयमा आफ्ना भनाईहरु राखेका थिए । 
कार्यक्रमको सभापतित्व गर्दै विद्यालयका प्राचार्य शेरबहादुर क्षेत्री विद्यालयले आयोजना गर्ने यस्ता कार्यक्रमले विद्यार्थीको तर्क दिने क्षमताको विकासमा सहयोग पुग्ने बताए । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई आइतबार हुने विहानीको प्राथनामा पुरस्कृत गरिने विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख प्रेम तिमिल्सिनाले जानकारी दिए । कार्यक्रममा विद्यालयका नेपाली शिक्षक भोलाराम अर्याल, शुशिल तिमिल्सिना र शिक्षिका कमला थापाले निर्णायकको भुमिका निर्वाह गरेका थिए । खेलकुद इन्चार्ज भरत गुरुङले समय हर्ने भूमिका निर्वाह गरेका थिए ।
यसैगरी डिज्नील्याण्ड एकेडेमी पोखरा–७, मासबारले नयाँ शैक्षिक सत्र २०७३ सालको लागि सदन विभाजन गरेको छ । कक्षा १ देखि १० सम्मको सदन विभाजनमा क्रमशः सगरमाथा सदनले निलो झण्डा, अन्नपूर्ण सदनले हरियो, माछापुच्छ«े सदनले पहेंलो तथा गौरीशंकर सदनले रातो झण्डा प्राप्त गर्न सफल भए भने प्रत्येक सदनका  क्रमशः सृजना भुसाल, कमल देवकोटा, शितल नेपाली तथा निर्मला बराल रहनु भएको छ । त्यस्तै गरी प्रत्येक सदन तर्फ क्याप्टेनमा क्रमशः किरण थपलिया सगरमाथा, अंकित बराल अन्नपूर्ण, मोहम्द शाहाजीद अली माछापुच्छ«े, मन्दिम चौधरी गौरीशंकर चयन भएका छन् । विद्यालयका एकेडेमी डिन दिपेश बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालक शिक्षक दिपक पोख्रेल भने प्रेम गिरी, अनिता ढुङ्गानाले तथा शर्मिला घलेले कार्यक्रम समन्वय गर्नुभएको विद्यालयका कार्यक्रम संयोजक अनिता ढुङ्गानाले जानकारी दिए । 
 नागढुङ्गामा रहेको न्यूमोडल उच्च माविमा शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको सभाहलमा संचालन भएको प्रतियोगिता सिनियर र जुनियर गरी दुई तहमा विभाजन गरिएको थियो । जुनियरका लागि तरबारभन्दा कलम बलियो शीर्षक राखिएको थियो भने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमशः विशाखा ढकाल, गायत्री गौतम, विपिन पौडेल र स्वइच्छा गौतमले प्राप्त गर्न सफल भएका थिए । यसैगरी सिनियर तहमा मानिसभन्दा प्रकृति बलियो शीर्षकमा प्रथम रक्षा श्रेष्ठ, द्वितीय रोशन पौडेल र नविना रिमालले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । विद्यालयका प्रचार्य प्रभा गौतमको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताको संचालन शिक्षक शिक्षक प्रभात ढकालले गरेका थिए । निर्णायकको रुपमा विद्यालयका शिक्षा विभाग प्रमुख मान बहादुर क्षेत्री र सिनियर शिक्षक तीर्थ देवकोटा रहेका थिए श्र स्मय पालकका रुपमा शिक्षिका विनिता गुरुङ रहेकी थिइन् ।
यसैगरी बाल विकासअन्तर्गत बाल बालिकामा पाढाइका अतिरिक्त नेतृत्व सिपको विकासका लागि पोखराको मासवारमा अवस्थित मदरल्यान्ड उच्च माविमा विद्यालय प्राङ्गणमा एक समारोहबिच नेपाल जुनियर रेडक्रस सर्कल, क्याप्टेन एक्जुकेटिभ बडी, भोलेन्टियर्स मदरल्यान्ड, इको क्लब र छुनुमुनु बालमैत्री क्लबको पुनर्गठन गरिएको छ ।
११ सदस्यीय रेडक्रस सर्कलमा समृद्ध अधिकारी, एकचालिस सदस्यीय भोलेन्टियर्स मदरल्यान्डमा मानस्वी आचार्य, १५ सदस्यीय छुनुमुनु बालमैत्री क्लबमा संयम गिरी, इको क्लबमा राजेन्द्रबहादुर गाहा र क्याप्टेन एक्जुकेटिभ बडीमा विनीता क्षेत्री अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै विद्यालयमा समूहमा कार्म गर्ने बानीको विकास गर्ने उद्देश्यले सम्पूर्ण विद्यार्थीहरूलाई रातो, निलो, हरियो र पहेँलो गरी चार सदनमा पनि विभाजन गर्ने कार्य सम्पन्न गरिएको छ । विभिन्न बाल सङ्गठनलाई वर्षभरि सही मार्ग निदेशमा सहजीकरण गर्नका लागि जुनियर रेडक्रस सर्कलमा शिक्षक नायक होमनाथ भट्टराई र शिक्षक सहनायकमा चन्दना थापालाई जिम्मेवारी दिइएको छ भने क्याप्टेन एक्जुकेटिभ बडीको सहजकर्तामा शिक्षिका अञ्जली देवकोटा, भोलेन्टियर्स मदल्यान्डको सहजकर्तामा शिक्षक केशबहादुर गुरुङ, इको क्लबको सहजकर्तामा शिक्षक आनन्द शर्मा र छुनुमुनु बालमैत्र क्लबको सहजकर्तामा शिक्षक डिल्लीराम अधिकारीललाई जिम्मेवारी दिइएको छ । सबै बाल सङ्गठनका नवनिर्वाचित पदाधिकारी छात्र छात्रालाई विद्यालयका सह कार्यकलाप प्रमुख सुनिल सुवालले बधाई दिएका थिए । 
यता, पोखराको चाउथे स्थित कास्की मोडनाइज्ड एकेडेमी उ.मा.वि मा लागूऔषध नियन्त्रण एवम् रोकथाम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी, लागूऔषध ब्युरो, लागूऔषध सुधार आमासमूह तथा गेटवे नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले गरेका थिए ।  सामुदायिक प्रहरी तथा लागुऔषध नियन्त्रण जिल्ला समन्वय समितिका अध्यक्ष विष्णु बहादुर भट्टराई, अतिथिमा लागुऔषध ब्युरो प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ्ग, लागूऔषध सुधार आमा समूहका अध्यक्ष विष्णु गुरुङ्ग, गेटवे नेपालका इन्चार्ज अमृत कुमार भट्टराई तथा सोही विद्यालयका विद्यालय इन्चार्ज शिवलाल उपाध्याय सहभागी थिए ।

Post a Comment

 
Top