0
गोल्डेन न्यूज संवाददाता
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी राष्ट्रिय मञ्च गण्डकी अञ्चल गोर्खा जिल्लाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।  नेकपा एमाले केन्द्रीय सदस्य रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा विशेष अतिथि जिल्ला अध्यक्ष प्रेम गुरुङ, अञ्चल अध्यक्ष बलराम सापकोटा, गणेश शर्मा, राजेश पराजुली, भरत मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनले विकास घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको उपाध्इक्षमा भरत बोगटी, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा विकास थापा, कोषाध्यक्षमा पदम बहादुर थापा र सदस्यहरुमा लोक बहादुर थापा, विश्वदेव शाही, इन्द्र बहादुर बस्याल, बलराम थापा, सन्तोष रोका, देव बहादुर अधिकारी रहेका छन् । कार्यक्रमको संचालन सुमन श्रेष्ठले गरेका थिए ।















Post a Comment

 
Top