0
नेपाली काँग्रेस क्षेत्र नं २ को क्षेत्रीय समितिको बैठक सम्पन्न भयो । सभापति माधव बाँस्तोलाको सभापतित्वमा भएको बैठकले ‘हरेक घरमा काँग्रेस’ भन्ने मूल अभियानसहित वडा ईकाईलाई क्रियाशील बनाउँदै टोलटोलमा जाने निर्णय गरेको छ । बैठकले जिम्मेवारी बाँडफाँड तथा समिति बिस्तार समेत गरेको छ । बैठकले माया तझ्यालाई उप–सभापति, वर्षा केशव पराजुलीलाई सचिव र गंगा बहादुर गुरुङलाई सह–सचिवमा मनोनयन गर्नुका साथै गीता भण्डारी, जित बहादुर बस्नेत, लोकबहादुर गुरुङ र रामलाल सुनारलाई सदस्यमा मनोनित गरेको छ । यसैगरी जेष्ठ १० र १२ गते हुन गईरहेको नेपाल तरुण दलको क्रमशः क्षेत्र नं २ र जिल्ला अधिवेशनलाई सफल बनाउन सहयोगका लागि क्षेत्र नं २ का सचिव बर्षा केशव पराजुलीको संयोजकत्वमा क्षेत्रीय सदस्य महेन्द्र पुन र ज्ञान बहादुर कार्की रहने गरी समिति समेत गठन गरेको छ । उक्त अवसरमा महाअधिवेशन प्रतिनिधि बाबुराम आचार्यले मनोनित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । सचिव कृष्ण कोईरालाले संचालन गरेको कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु पदमसिंह गुरुङ, किशोरदत्त बराल, परशुराम वि.क., र खेमकुमारी बराल र कोषाध्यक्ष महेन्द्र अधिकारी लगायतका व्यक्तिहरुले मनोनित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

Post a Comment

 
Top