0
पोखरा कलेज अफ मोर्डन टेक्निकल इन्स्टिच्यूटको आयोजनामा जर्मनी फ्रुन्डेस्क्रिज सेरलो इ.भी. जर्मनीको आर्थिक सहयोगमा संचालित ३ महिने निःशुल्क तालिम सम्पन्न भएको छ । विभिन्न समूह गरी मोवाइल मर्मत टेक्निसियन, हायस वायरिङ इलेक्ट्रिसियन टेक्निसियन र एफ एम स्टुृडियो टेक्निसियन गरी ३ वटा समूहमा ७५ जना भूकम्पपीडित, बाढी पीडित, बेरोजगार अपाङ्ग महिला, द्वन्दपीडित बेरोजगार युवाहरुलाई लक्षित गरी दिइएको उक्त तालिम गत २०७२ माघ १० गतेदेखि शुरु भएको थियो । कार्यक्रम पोखरा कलेज अफ मोर्डन टेक्निकल मेनेजिङ्ग डाइरेक्टर जगतमोहन गिरी अध्यक्षता तथा आर्थिक सहयोगदाता को संस्थाकोतर्फबाट नेपाल प्रतिनिधि निग्मा शेर्पाको प्रमुुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुका तर्फबाट तेन्जिङ्ग सेर्पा, भीम प्रसाद पौडेल, बविता गिरी, विशाल सिकेले अब आफूहरु बेरोजगार भई कामको लागि भौतारिदै हिड्नु नपर्ने बताउँदै तालिम दिने संस्थालाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा प्रशिक्षकको तर्फबाट रेडियो सफलताका प्रबन्धक दुर्गा अधिकारी, प्रशिक्षक विष्णु कुमार खड्गी र फणिन्द्रराज चिलुवालले यस्ता तालिहरुले युवाहरुको मनोवल बढ्ने र युवाहरुको ध्यान स्वरोजगारतर्फ मोडिने बताए । सोही अवसरमा मणिपाल शिक्षण अस्पतालका प्यासेन्ट केयर को–अर्डिनेटर सुलोचना ढकालले सबै विद्यार्थीहरुलाई सीप अनुसारको काममा लाग्न प्रेरित गरिन् । कार्यक्रममा स्वागत मोना गिरी र कार्यक्रमको संचालन विद्यार्थी द्वय पार्वती थापा र चन्द्रकला वि.क.ले संयुक्त रुपमा गरेका थिए । तालिममा नेपालकै अति भूकम्प प्रभावित क्षेत्र सोलुखुम्बुमा गएर एक महिनासम्म भोलुन्टेयरी सम्पन्न गरी आएको र यो एउटा उदाहरणीय कार्य भएको संस्थाका डाइरेक्टर जगत मोहन गिरीले बताए ।







Post a Comment

 
Top