0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीको प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीको स्पोन्सर क्लव रहेको यस क्लवको प्रशिक्षण कार्यक्रमको सहजीकरण लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बी १ का ग्लोवल लिडरशिप टिम को–अर्डिनेटर परमेश्वर बरालले गरेका थिए । लायन्स क्लव मन मिल्ने साथीहरुको समूह रहेको भन्दै उनले हाल विश्वमा ४७ हजार लायन्स क्लव र १४ लाख यसका सदस्य रहेको बताए । पोखरामा सन् १९७६ मा शिक्षाविद जर्ज जोनले लायन्स क्लव स्थापना गरेको हाल पोखरा एरियामा ७० क्लव रहेको बरालले जानकारी दिए । उनले कार्यक्रममा उपस्थित नयाँ सदस्यहरुले राखेका जिज्ञासा मेटाएका थिए । प्रशिक्षण कार्यक्रम आफ्ना लागि निकै उपयोगी भएको सहभागीहरुले बताए । कार्यक्रममा लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीका जोन चियर पर्सन बालकृष्ण बराल, पुर्व सचिव ऋषिकान्त पराजुली, लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका प्रस्तावित अध्यक्ष सन्तोष घिमिरे, प्रथम उपाध्यक्ष पुरुषोत्तम भण्डारी, द्वितीय उपाध्यक्ष ऋषिराम भण्डारीले आ–आफ्नो भनाई राखेका थिए । लायन्स क्लव अफ पोखरा सिर्जना चौतारी वर्ष २०१६÷१७ का अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विदान गौतमले गरेका थिए । प्रमुख अथिति समेत रहेका प्रशिक्षक बराललाई लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष बराल र लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका प्रस्तावित अध्यक्ष घिमिरेले उपहार प्रदान गरेका थिए ।

Post a Comment

 
Top