0
गोल्डेन न्यूज संवाददाता
कहिले बैंक व्यवस्थापनको आन्तरिक कारण त कहिले कर्मचारीको आन्दोलजनका कारण सधैंभरि विवादमा मुछिएको पोखरामा प्रधान कार्यालय रहेको माछापुच्छे« बैंकमा पुनः अर्को विवाद शुरु भएको छ । विशेष गरि मर्जरको प्रक्रियालाई लिएर देखिएको बैंकको विवाद सतहमा आएको छ । पूर्वअध्यक्ष एवं संचालक सूर्यबहादुर केसीले मर्ज प्रक्रिया नरोक्न आग्रह गरेका छन् । माछापुच्छे« बैंक र काठमाडौंमा प्रधान कार्यालय रहेको जनता बैंकबीच मर्ज प्रक्रिया अन्तिम चरणमा पुगेको बेला मर्ज नहुने भन्ने विषय बैंक अध्यक्षबाटै सार्वजनिक भएकोले केसीले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मर्ज प्रक्रिया नरोक्न विज्ञप्तिमार्फत आग्रह गरेका हुन् ।बैंक अध्यक्ष डा.वीरेन्द्र महतो, संचालक समिति र लगानीकर्ताबीच पटक–पटकको छलफलपछि जनतासँग मर्ज गर्ने सहमति भएको र पत्रकार सम्मेलनबाट यसबारे जानकारी भैसकेको स्मरण गराउँदै उनले भनेका छन्, ‘मर्जर प्रक्रिया के, कस्तो र कस्को स्वार्थको लागि भाँड्न परेको हो ? यसमा हाम्रो घोर आपत्ति छ । स्ट्याण्डर्ड फाइनान्स गाभ्ने बेलादेखि माछापुच्छे« बैंकको प्रधान कार्यालय पोखरामा रहने सहमति भएको विषयमा विन्ध्यवासिनी मन्दिर र होटल ग्राण्ड पोखरामा पोखरेली समाज अगाडि अध्यक्ष महतोले समेत प्रतिबद्धता व्यक्त गरी कबुल भएको कुरा रेकर्डिङ क्यासेट समेत बैंकमा सुरक्षित रहेको उल्लेख गर्दै सहमति तोड्दै एका–एक प्रधान कार्यालय काठमाडांैमा सार्ने विषयमा उनले आपत्ति जनाएका हुन् । स्ट्याण्डर्ड फाइनान्स माछापुच्छे« बैंक गाभ्ने वेलामा भएको सहमति सम्पूर्ण शेयर होल्डरलाई बैंकसँग मागेर अध्ययन गर्न समेत आग्रह गरेका छन् । पोख्रेलीहरुको गौरवको रुपमा रहेको माछापुच्छ«े बैंकको कार्यालय काठमाडौं सार्ने महतोको जिद्धीले समग्र पोख्रेलीको मन दुखेको विज्ञपत्तिमा उल्लेख गरिएको छ । विगतमा भएका सहमतिलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले कुनै एक मानिसलाई लक्षित गरी मर्ज प्रक्रिया भाँडी प्रधान कार्यालय काठमाडांै सारेर जगत हँसाउने काम नगर्न आग्रह गरेका हुन् । विज्ञप्तिमा केसीसहित संस्थाका संस्थापक तथा शेयर होल्डर प्रेमकुमारी केसी, बन्दना कार्की लगायतले बिरोध जनाउँदै संयुक्त हस्ताक्षर गरेका छन् । साथै आफ्नो सहमति सहितको राय स्पष्टरुपमा माइन्युट गरी साधारण सभामा प्रस्तुते हुने वासलातमा समेत छापिने व्यवस्था गर्न अनुरोध गरिएको छ ।





Post a Comment

 
Top