0
२०४८ सालदेखि यता नेपालमा सहकारी अर्थात एकापसमा सहकार्य गरेर आर्थिक उन्नति र विकास गर्ने सिद्धान्तमा आधारित जीवन पद्धतिलाई जोड दिएर सहकारीहरुको गठन भएको पाइन्छ । अन्तर्राष्ट्रिय सहकारीको सात सिद्धान्त तथा शिप, संगठन, बचत र उद्यमसिलता अनि पारदर्सिता, उत्तरदायीत्तव र सहभागीताको मूल मन्त्र अनुरुप गठित सहकारीहरुको विकास निकै आषा लाग्दो र भरोषायोग्य बन्दै गएको पाइन्छ । न्यून आय भएका आम नागरिकहरुको जीवन सहकार्यको माध्यमबाट बदल्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय सहकारीका सात सिद्धान्तमा आधारित भएर स्थापना गरिएका सहकारीहरुमा भएको लगानीले देशको अर्थतन्त्रको  तेस्रो खम्बाको रुपमा अगाडि बढिरहेको अवस्थामा कतिपय सहकारीहरुको गलत व्यवहार र असफलताले कहिंकतै आशंकाहरु पनि उत्पन्न गरेको अवस्था छ तथापि सहकारीको मूल मान्यता र सिद्धान्त अनुरुप अगाडि बढिरहेका धेरै सहकारीहरुले  ग्रामिण क्षेत्रमा मात्र होइन शहरका निम्न गरिब परिवारहरुमा पनि आषालाग्दो सफलता पाएको देख्न सकिन्छ । ५९औं राष्ट्रिय सहकारी दिवस मनाइँरहदा यतिबेला देशभरिमा ३ हजार भन्दा बढी सहकारीहरु स्थापना भैसकेका छन् भने कास्कीको हकमा पनि ६ सय १५ भन्दा बढी सहकारीहरुले आफना गतिविधिहरु सञ्चालन गरिरहेका छन । विभिन्न नाम र उद्देश्यमा रहेर स्थापित सहकारीहरुले सित उवाएर घैला भर्ने मान्यतामा स–सानो लगानी र पुँजीलाई एकीकृतरुपमा परिचालन गरी पूँजीको उचित सदुपयोग गरेर सबैलाई लाभ पु¥याएको हुन्छ ।  जसले गर्दा जोसुकै ब्यक्ति वा परिवार पनि त्यसको सदस्य बनेर सहकार्यका लागि अगाडि बढ्छ र मानव जीवनका आवश्यकताको परिपूर्ति तथा समस्याहरुलाई सहज बनाएको हुन्छ जँहा स्वदेशी पुँजीलाई स्वदेशमै लगानी गरेर सामान र सामाजिक विकासको भरपर्दो माध्यम बन्दै गएको सहकारी हामी सबैका लागि उपयोगी रहेको छ  । आज लाखौं–लाख युवा जनशक्ति जीवन निर्वाहका लागि विश्वका विभिन्न मुलुकहरुमा पुगेर श्रम बेचिरहेका छन्, भौतिक सुख सुविधाको उपयोग गरिरहेका छन् तर भोलिको भविष्य के हँुदैछ ? र कता जादैछ भन्ने कुरा न राज्यलाई चासो छ न त विदेशिने युवाहरुलाई नै । बद्लिंदो समाजमा बद्लिंदो इच्छा र आकांक्षाहरुको कारण बाध्यता र विवसताका बीच विदेशी भूमिमा पुग्दा यहाँको परम्परागतका सबै संरचनाहरु ध्वस्त हुँदै गइरहेको छन्, संस्कार संस्कृति लोप भइरहेका छन मानवीय संवेदना हराएर गएको छ यसैले गर्दा सहकार्यका लागि पनि सहकारीको आवश्यकताको महसूस गरेर राज्यले सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा स्वीकार गरेर सहकारितालाइ अगाडि बढन उत्प्रेरित गरिरहेको यो अवस्थामा सहकारीहरुको संख्यात्मक बृद्धि भएको मान्न सकिन्छ । अब सहकारीलाई संख्यात्मक मात्र नभइ गुणात्मक विकासमा पनि अगाडि बढाउने मान्यता अनुरुप हुन सक्छ हिजोआज सहकारीहरुले उक्त नीतिलाई अवलम्वन गरेर विभिन्न अध्ययन तथा अवलोकन भ्रमणहरु गर्न स्वदेश तथा विदेशमा समेत जाने गरेका छन । यसैको एउटा उदाहरणको रुपमा पोखराको नमस्ते बचत तथा ऋण सहकारी संस्थाले पनि हालै आप्mनो छोटो अध्ययन अवलोकन भ्रमण पुरा गरीसकेको छ । सहकारी संचालक को यसप्रकारको अध्ययन अवलोकन  भ्रमणले आगामी दिनहरुमा सहकारीलाई अझै परिस्कृत र उन्नत ढङ्गबाट अगाडि बढाउने र व्यवसायिक लगानीका क्षेत्रहरुको खोजी गरेर सहकारीका सदस्यहरुको जीवनस्तर माथि उठाउने कार्यमा टेवा पु¥याउन महत्वपूर्ण  भूमिका खेल्ने आशा गर्न सकिन्छ । यो अध्ययन भमणको उद्देश्य नै सहकारीलाई आगामी दिनहरुमा व्यवसायिक तथा उत्पादनमा आधारित वनाउने उद्देश्यबाट अध्ययन अवलोकन भ्रमण गरिएको नमस्ते वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण पौडेलको भनाइ रहेको छ । सहकारी अध्ययन भ्रमणको एक सदस्यको रुपमा आफू पनि सहभागी हुने अवसर मिलेकोले  यस सम्बन्धमा देखेका केही सिकाइहरुलाई यो आलेखमार्फत प्रस्तुत गर्ने जमर्को गरिरहेको छु । सहकारी अध्ययन भ्रमणको शिलशिलामा चैत्र २२ गते साँझ पोखराबाट पूर्वतर्फको यात्रामा लागेका हामी सहकारीकर्मीहरु दोस्रो दिनको ४ बजे पूर्वी नेपालको काँकडभित्ता पगेका थियौं । त्यहाँबाट सोही दिन सिलगुडी हँुदै टिष्टा नदीको तिरैतिर सिक्किमको गान्तोकमा पुगेर बास बस्यौं । २४ गते गान्तोकको उच्च हिमाली क्षेत्रमा रहेको छागु हिमताल र हिमालको अवलोकन गरी गान्तोकमा रहेका केही पर्यटकीय स्थलहरुको अध्ययन अवलोकन गरी २५ गते दिन दार्जिलिङका लागि प्रस्थान गरेका थियौं  । साँझ परेकोले दार्जिलिङमा नै होटलको व्यवस्था गरी एक रात बसेर भोलिपल्ट फेरि त्यहाँको प्रमुख पर्यटकीय स्थलहरुको अवलोकन गरी सोही दिन दार्जिलिङको शहर घुम्दै होटलको वरपरको बजार अवलोकन गर्दै गर्दा भानुभक्तको शालिक भएको स्थानमा पुगेछौं, जहा आदिकवी भानुभक्तको पूर्णकदको शालिक राखिएको दृश्यले नेपाल र नेपाली भाषा साहित्यप्रति दार्जिलिङवासीहरुको भावनालाइ बिर्सनै नसकिनेगरी नेपाली हुनुको गर्वबोध भएको महसूस गरायो । आप्mनो देशमा भानुभक्तको पूर्णकदको शालिक राख्न सकिरहेका छैनौं हामीले ।  जहाँ पनि टाउको मात्र भएको शालिक देखेको मैले त्यो पित्तलले कुँदिएको अजङ्को शालिक देख्दा मलाइ भानुप्रतिको हाम्रो श्रद्धा आडम्बरी मात्र रहेछ कि भन्ने लाग्यो । नेपाली भाषा र साहित्यको इतिहासका आदिकवीको उच्च मूल्याङ्कन दार्जिलिङ बासीहरुले मात्र गरेका रहेछन् तर हामी भने यस बिषयमा चुकेका रहेछौं । पहाडी पर्यटन प्रबद्र्धनको उच्च ब्यवस्थापन भएका सिक्किम र दार्जिलिङका शहरहरुको अध्ययन अवलोकन गर्दा र त्यहाँ पुगेको पर्यटकहरुको भिड देख्दा हामी र हाम्रो देशको अवस्था अत्यन्तै कमजोर रहेको महसूस भयो । हामीले सराङकोट र आफनै घरको बार्दलीबाट देख्न सकिने सूर्याेदय हेर्न हामी पनि त्या पुगेको थियांै, जहाँ बिभिन्न देश र शहरका मान्छेहरु त्यो दृश्य हेर्न पुग्दारहेछन् । बादलले ढाकिएको सूर्यको रातो लालीमा हेर्नु त्यहाँको पर्यटकीय शोख मानिंदोरहेछ त्यस्तै चिडियाखाना र बौद्ध गुम्बाहरुको सुक्ष्म अवलोकन गरी सोही दिन हामीहरु इलामको पशुपतिनगरका लागि प्रस्थान ग¥यौं । इलामको चियाबारीको सतही अवलोकन गर्दै धरानमा आएर बास बस्यौं । २७ गतेको बिहान हामी बुढासुब्बा र दन्तकालीको अवलोकन गरी धरानमा रहेका केही सहकारीहरुको सक्ष्म अध्ययन पनि ग¥यौं, जसले गर्दा सहकारी विकास र प्रबद्र्धनका लागि आगामी सदनहरुमा थोरै भएपनि व्यवसायिक संस्कार पद्धतिको विकाका लागि मद्धत मिल्ने आशा पलाएको छ । धरान र इटहरीको अवलोकनपछि  भ्रमणको उद्देश्य सफल भएको आत्माबोध गर्दै पोखराका लागि बाटो लाग्यौं ।सहकारी सिद्धान्त र हामीले गरेको अध्ययन अवलोकन भ्रमणकाबारे अवका दिनहरुमा हामी सबै सहकारीकर्मीहरुले ठण्डा दिमाखले सोच्नै पर्ने भएको छ । हुन त हामीले नेपालको ऐतिहासिक भू–भागहरुको अवलोकन गरेर नेपालको एतिहास बुझने अवसर पनि पायौं । त्यो भन्दा पनि हाम्रो भ्रमणको उद्देश्य र हाम्रो गन्तव्य अनुरुप भएन कि ? भन्ने गुनासो भ्रमण टोलीका केही सदस्यहरुले गरेका थिए । यस बिषयमा हामी मात्र पनि दोषी छैनौं किनकी अधिकांश रुपमा यस्ता सहकारी तथा अन्य संघ–संस्थाहरुले आफनो देशको प्राकृतिक सम्पदा तथा मानव निर्मित पर्यटकीय स्थलहरुलाई प्राथमिकतामा राख्नुपर्ने थियो तर अध्ययन अवलोकन भ्रमणमा  स्वदेशी भूमि भन्दा विदेशी भूमिको यात्रा गर्ने गरेको हामीले देखेका छांै । हाम्रो प्राकृतिक सम्पदा र पर्यटकीय स्थलहरुको प्रबद्र्धनमा हामी धेरै पछाडि रहेको तथ्य सहकारी अध्ययन भ्रमणका नाममा देशै भरिका मान्छेहरु नेपाल बाहिर त्यो पनि सिक्किम र दार्जिलिङको फोबियाले हाम्रो आफनो पनलाई कमजोर बनाउँदै गएको पो छ कि ? सोच्नुपर्ने भएको छ । हामीले सुका मोहोर जम्मा गरी बनाएको सहकारीको शाखमा कतै धक्का पो लाग्छ कि ? भन्ने चिन्ताले मलाई भने रातभरि निद्रा परेन । बेलायतले भारत कब्जा गर्नु अघिको नेपाल र अहिले हामीले देखेको नेपाल र भोगेको नेपालका यी दृश्यहरु मेरा लागि झनै कारुणिक बने। पूर्खाहरुले नेपाली स्वाभिमान  जोगाउनका लागि तत्कालिन बेलायती साम्राज्यवादीहरुसँग विरतापूर्व लडाइँ लडेर नेपालको भूमि बँचाएका थिए र कवि कलाकारहरुले भनेका थिए ‘पश्चिममा किल्ला काँगडा, पूर्वमा टिष्टा पुगेथ्यांै...’ जुन समयमा विशाल नेपालको संरचना थियो र सोही समयको नेपाल जहाँ आज त्यस ठाउँका नेपाली दाजुभाइहरु लाइ देख्दा हामीलाइ पनि नेपालको सीमाना भित्रै रहेको अनुभूति त भइरह्यो तर बिडम्बना त्यो भू–भाग अहिलेको नेपाल थिएन र  होइन तापनि त्यहा भारतीय रुपैयाँ बाहेक अरु सबै नेपालीमात्र देख्न पाएको मैले त्यहा बोलिने भाषा, त्यहाँको रहन–सहन र संस्कृति नेपाली तर भू–भाग १८१६ को सुगौली सन्धी पश्चात भारतमा गाभिएको इतिहास सम्झेर मन शान्त बनाएँ  ।  
 अध्ययन भ्रमणमा जादा पनि र आउदा पनि हामीहरुलाइ नेपाली भूमिको स्मरणले आत्माग्लानी भैइरह्यो । यति ठूलो विशाल नेपालका हामी नागरिक, प्राकृतिक रुपमा अत्यन्तै धनी हामी आज भएको प्रकृतिले उपहार दिएको सम्पदाहरुलाई पनि जोगाउन र प्रबद्र्धन गर्न सकिरहेका रहेनछौं । हामीले हाम्रा पुर्खाले आर्जेको नेपाल देख्यौ तर आफूले ब्यहोरेको नेपालको शुद्धि र बुद्धि अझै फिरेको छैन । जसले गर्दा हामीलाइ गान्तोकको छोगु लेक र हिमालका दृृश्यहरु भन्दा मुस्ताङको पर्यटन, एबीसी मार्ग र मनाङको तिलिचो ताल हाम्रो सम्झनामा आउन सकेन । 
यसको कारण हो हाम्रो पर्यटन प्रर्बद्धन कति कमजोर रहेछ भन्ने स्पष्ट हुन्छ । सुका मोहर जम्मा गरेर बनाएको सहकारीको अध्ययन भ्रमणको मर्म र भावनालाई हामीले कतै बिर्सेका पो छौं कि ? अध्ययन भ्रमण जसले गर्दा अब हाम्रो सहकारीलाई दिनसक्ने उपलब्धिका रुपमा हामीले केही ल्याउन नसके पनि आफनो स्थानीय, तथा प्राकृतिक र पर्यटकीय  श्रोत साधनको अवमूल्यन गरिनु हँुदैन भन्ने एउटा महत्वपूर्ण पाठ हामीले यो भ्रमणबाट सिक्न पाएका छांै । यसले गर्दा आगामी दिनका लागि हामी सबै सहकारीकर्मीहरुको रोजाइ र प्राथमिकतामा अव स्वदेशी सीमा भित्रकै गन्तव्यहरु रहनेछन् । विडम्बना मात्रै हुन्छ तर त्यहाँको जस्तो पहाडी क्षेत्रमा गरिएको उच्च व्यवस्थापनले हाम्रो सम्पदाहरुको अव्यवस्थाले गर्दा तिनै स्थानहरुले महत्व पाइरहने छन् । जसलाई हाम्रो सानो प्रयासले पनि त्यसको वैकल्पिक स्थानको रुपमा नेपालको सुन्दर पर्यटनतर्फ आकर्षण बढाउन राज्यस्तरबाटै नयाँ सोंचको विकास हुनु जरुरी देखिन्छ । यो अध्ययन भ्रमणले हामी जतिपनि सहकारी कर्मीहरु छौं सबै सहकारीहरुलाई उन्नत र परिस्कृत बनाउन अब देशको आन्तरिक पर्यटन प्रबर्दनको भरपर्दाे विकासमा सहकारी पनि संलग्न हुनुपर्ने विषयमा बहसको खाँचो रहेको महसूस भएको छ ।  
सिक्किम दार्जिलिङको अवलोकन भ्रमण पुरा गरेर हामीहरु नेपालको पशुपतिनगर हुँदै इलामाको चियाबारीको अध्ययन अवलोकन गरी सोही दिन हामी धरान पुगेर बास बस्यांै । धरानमा रहेका केही नाम चलेका सहकारी र स्थानीय पर्यटकीय स्थलहरुको अध्ययन गरी पोखरातर्फको यात्रामा लाग्दा कोशी ब्यारेज आइपुग्यौं जहाँ हामी कोशीको बाढीले मरुभूमि बनाएको क्षेत्र र कोशी ब्यारेजको अवलोकन गर्दा नेपाली भूमि के कसरी डुवानमा परेकोरहेछ र मधेशी मोर्चाहरुले संविधानमा किन असहमति व्यक्त गरेको रहेछन् भन्ने सवालमा साथीहरु बीच बहस शुरु गर्न लाग्यांै । 
हामीले बुझेको कोशी ब्यारेज अनि मधेशी समुदायको आन्दोलनको यथार्थबारे एकजना मित्रले भन्नुभयो, जुन कुरा ठीकै हो भन्ने पुष्टि त्यहाँ पुगेर हेर्दा अरु स्पष्ट भयो । भारतीय सरकारको सहयोगमा बनेको कोशी ब्यारेजको पानी बर्षायाममा नेपालमा फल्ने र हिउँदको समयमा नेपाली भूमिलाई मरुभूमि बनाउँदै भारततर्फ लैजाने गरेको तथ्य रहेछ । यतिबेला संघीय राज्य घोषणा भएपछि कोशी नदी २ नं. प्रदेशमा पारिएको तथ्यगत कुराले मधेशी समुदायलाई चित्त नबुझेकोले मधेश आन्दोलन भएको यथार्थ पनि लुकाउनै नहुने रहेछ । मधेशमा जे जति विकास भएको छ त्यो सबै बोर्डर क्षेत्रमा केन्द्रित छ अनि नेपालको अधिकांश क्षेत्र बाढी र डुवानले क्षति पु¥याएको र त्यसमा नेपालका कुनैपनि सरकारको ध्यान पुग्न नसकेको पनि देखियो । जसलेगर्दा मधेश बिद्रोहलाइ थप सहयोग पुगेको रहेछ । मधेशमा हामीले जे देख्यांै अरबको मरुभूमिमा हुने अत्यन्तै महङ्गो खजुरको (छोरा) खेती गर्ने हो भने आज अरबको मरुभूमिमा ६० डिग्रीको धूपमा गर्ने गरेको काम नेपालमा पनि राम्रो हुँदोरहेछ भन्ने तथ्य कोशी ब्यारेज वरपरको फाँटहरुमा खेर गइरहेको खजुरको रुखहरु हेर्दा बुझन सकिन्छ ।  देशमा स्थिर सरकार नहुनु र अनावश्यक राजनीतिले मुलुकलाइ नराम्रोसँग पछाडि धकेलेको कुरा कोशी ब्यारेज लगायत पूर्वका बिभिन्न दृश्यहरुले देखाइरहँदा हामी भने आफनो देशको साधन स्रोतलाई परिचालन गर्नुको सट्टा उर्जाशिल युवाहरुलाई विदेशतर्फ लखेटिरहेका छौं । जुन कुराले हाम्रो र राम्रो नेपाल बनाउने सपना मात्र सपना मै सिमित हुनुको विकल्प छैन ।


Post a Comment

 
Top