0
गोल्डेन न्यूज संवाददाता
कास्कीमा सोमबारदेखि लागू औषध नियन्त्रण सम्बन्धी एक हप्ते अभियान सुरु भएको छ । लागू औषध असर, रोकथाम तथा नियन्त्रणमा  हाम्रो भूमिका विषयका सम्बन्धमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराको संयोजकत्वमा लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूह नेपाल, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की तथा गेटवे फाउण्डेशन नेपालको सहकार्यमा एक हप्ते अभियान सञ्चालन भएको हो। एक सातासम्म विभिन्न सामाजिक संघ–संस्था, स्कुल कलेज, व्यवसायी, कारागारका बन्दी गृह, विभिन्न गेम हाउस लगायतका स्थानहरुमा लागूऔषध सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु गरिने व्यूरोका प्रहरी निरीक्षक रविन्द्र गुरुङले जानकारी दिए ।
कार्यक्रमका अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र कुमार पोखरेलले उद््घाटन गरे । सो अवसरमा बोल्दै उनले जनुसुकै वर्ग पनि कुनै न कुनै अवस्थाले गर्दा लागू ओैषध दुव्र्यसनीमा फस्ने गरेको बताए। उनले दुव्र्यसनी न्युनिकरण का निमित्त घर परिवार गाँउ टोल छर–छिमेक तथा प्रहरी प्रशासन लगायतका सम्पूर्ण संस्थाहरु एकजुट भएर लाग्नुपर्ने बताए । विश्व जगतमा लागूऔषध जस्तो चिज माफियाहरुले चलाएको भनाई राख्दै विश्वमा एड्स र क्यान्सर भन्दा पनि लागूऔषध खरो रुपमा रहेको र यसको निदान गर्न कठिनाई हुने पोखरेलको भनाई छ ।
कार्यक्रमका जिल्ला प्रहरी कार्यालय प्रमुख घनश्याम अर्यालले कास्कीको प्रमुख समस्या भनेको लागूऔषध दुव्र्यसन रहेको उल्लेख गर्दै दुव्र्यशनका अवस्थामा कसरी मानिसहरु दुव्र्यसनमा फँसिरहेका छन् सो को समस्या पहिचान गरी, दुव्र्यसनमा फँसिसकेका लाई कानुन बमोजिमको सजाय पश्चात पनि मनो परार्मश उपलब्ध गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्री, लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूह निवर्तमान अध्यक्ष शान्ता देवी गुरुङ, समाजसेवी सीता गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, सहारा क्लवका अध्यक्ष वीरभद्र आचार्य, नगर समन्वय समिति कास्कीका अध्यक्ष उज्वल खत्री, एन प्याक्ब्सन कास्कीका अध्यक्ष रोमबहादुर मोची, वरिष्ठ मानव अधिकार बादी टेकनाथ बराल, गेट वे फाउण्डेशन नेपालका अध्यक्ष विष्णु कुमारी गुरुङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहको अध्यक्ष विष्णु कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लागूऔषध नियन्त्रण तथा व्यूरोमा कार्यरत अञ्चल प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक रवीन्द्र मान गुरुङ, क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक कृष्णबहादुर कार्कीले कार्यक्रमको संचालन गरेका थिए ।




Post a Comment

 
Top