0
गोल्डेन न्यूज संवाददाता
डाइनामिक एकेडेमी सिमलचौर पोखरा ८ मा यस शैक्षिक सत्र २०७३ को लागि जुनियर रेडक्रस सर्कल पुनर्गठन र सदन विभाजन कार्यक्रम विद्यालयमा सम्पन्न भएको छ । कक्षा ९ की छात्रा परिषा पौडेलको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा दिपेश अधिकारी, सचिवमा समीक्षा केसी, कोषाध्यक्षमा अमृत भुगाई, सह–सचिव पूजा लम्साल र सदस्यहरुमा संजोग गुरुङ्ग, आयुष बस्ताकोटी, भावना सुवेदी, कमल ओली, आर्यन सिग्ेल, पूजा जोशी, दिपिका पुर्कोटी, स्मृति नेपाली, डिना तामाङ, नेहारिका गौतम, आस्था भण्डारी र सृजना थापामगर रहेका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष कल्यण पराजुलीले गत वर्षको प्रगति प्रतिवेदन पेश गरेका थिए साथै नवनिर्वाचित अध्यक्षलाई झण्डा, दराजको चावी र माइन्युट हस्तान्तरण गरेका थिए । समितिको सल्लाहकारमा सुरुची थापामगर, दीपक अधिकारी, कल्याण पराजुली, प्रिति देवकोटा र राजेश शर्मा चयन भएका छन् । शिक्षक नायक चित्र प्रसाद लामिछाने र सहशिक्षक नायक खरिलाल बस्ताकोटी रहेका छन् । कार्यक्रममा विद्यालयका सहप्राचार्य पदम बस्ताकोटीले रेडक्रसका आधारभूत ७ सिद्धान्त र महत्वबारे प्रकाश पारेका थिए । सर्कलको संरक्षकमा प्राचार्य लक्ष्मण पोखरेल रहेका छन् । 
शुक्रबारै विद्यालयमा विशेष कार्यक्रमका बीच सदन विभाजन समेत गरिएको छ । जसमा रातो सदन क्याप्टेन विजय क्षेत्री र कृति केसी, सदन शिक्षकहरुमा आभा कोइराला र पुष्पा भट्टरई, हरियो सदनमा क्याप्टेन दिपेश अधिकारी र सानिशा केसी, शिक्षकहरुमा गोविन्द थापा र शान्ता देवकोटा, पहेलो सदनमा क्याप्टेन एनी शेरचन र अनुप थापा, शिक्षकहरुमा पूजा पौडेल, जमुना गिरी र खरिलाल बस्ताकोटी र निलो सदनको क्याप्टेनमा अनिषा काउचा र विद्युत ढुङ्गाना, शिक्षकहरुमा बालाजी कार्की र निर्मला ढुङ्गाना रहेका न् । कार्यक्रममा सदन क्याप्टेनहरुलाई झण्डा प्रदान गरिएको साथै मार्चपास गरिएको थियो । साथै विद्यालय विद्यार्थ क्याप्टेनमा सौगात आचार्य र सम्झना बस्ताकोटीलाई राष्ट्रिय झण्डा र विद्यालयको झण्डा प्रदान गरिएको थियो ।

Post a Comment

 
Top