0
राजाराम पौडेल÷गोल्डेन
गुरुङ फिल्मले २०७२ सालमा विभिन्न उपलब्धि हासिल गर्न सफल भएको छ । यो वर्ष ऐतिहासिक प्रथम गुरुङ फिल्म अवार्ड कार्यक्रम सम्पन्न भयो ।  अवार्ड कार्यक्रममा विभिन्न ७० विधामा अवार्ड वितरण गरिएको थियो । गुरुङ फिल्मको २० वर्षे इतिहासमा पहिलो पटक आयोजनामा भएको कार्यक्रममा कुल ४६ गुरुङ फिल्मले भाग लिएका थिए । अवार्ड कार्यक्रममा २०६० देखि २०६५ सम्म र २०६५ देखि २०७० सम्म गरी दुई समयावधिका गुरुङ भाषी फिल्म र गुरुङ विषयवस्तुमा निर्मित नेपाली फिल्मलाई समूहगत रुपमा पुरस्कृत गरिएको थियो । कार्यक्रममा वि.स. २०५२ सालदेखि वि.स. २०६० सम्म निर्माण भएका फिल्मलाई सम्मान गरिएको थियो । अबदेखि हरेक दुई–दुई वर्षमा अवार्डको कार्यक्रमलाई निरन्तरता दिने जिफानले जनाएको छ ।
‘२०७२ साल जिफानका लागि मात्र नभएर सम्रग नेपालीको लागि सुखद हुन नसकेपनि संस्थागत गतिविधि भने भइनै रहे, केहि महत्वपूर्ण निर्णय समेत यो वर्ष भए’–गुरुङ फिल्म एशोसिएसन नेपालका अध्यक्ष वेद बहादुर गुरुङ श्याम बताउँछन् । यति मात्र नभएर गुरुङ फिल्म क्षेत्रको उज्वल भविष्य निर्माण गर्ने केहि महत्वपूर्ण कार्य र निर्णय यो वर्ष भएका छन् । ‘भूकम्प पीडितलाई राहत संकलन र वितरण, विभिन्न तालिम, आदिवासी फिल्म फेष्टिवल, प्रथम गुरुङ फिल्म अवार्ड नेपाल सरकार सँग महत्वपूर्ण सहमति र सम्झौता हुनु जिफानको हङकङ र जापानमा शाखाको गठन यो वर्षका महत्वपूर्ण उपलब्धि हुन्’–अध्यक्ष श्यामले बताए । यो वर्ष नै जिफानको चौथो अधिवेशन सम्पन्न भयो । अधिवेशन नेतृत्व पुनः श्यामलाई प्रदान ग¥यो । अधिवेशनबाट जिफानको नियमावली परिमार्जन गरियो । यसले गुरुङ फिल्मको क्षेत्रलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
यता अघिल्लो वर्षको तुलनामा यो वर्ष गुरुङ फिल्म निर्माण हुने क्रम बढेको छ । वर्ष ०७१ मा ९ गुरुङ चलचित्र जिफानमा दर्ता भएकोमा  वर्ष ०७२ मा जिफानमा दर्ता भएका गुरुङ चलचित्रको संख्या ११ रहेको जिफानको कार्यालय सचिव रोशनी गुरुङले जानकारी दिइन् । जुन वर्ष ०७१ को भन्दा २ ले बढी हो । त्यसो त वर्ष ०७० मा १५ गुरुङ चलचित्र जिफानमा दर्ता भएका थिए । 
वर्ष २०७२ मा फ्रिसी (युवा), कर्म क्याँ (कर्मको बाटो), मनाङ्गे नानी, म्हो (ज्वाई), प्रेमी(प्रेमीका, तिमी नभए, अक्होबा चु सैं 
(नबुझिएको यो मन), मैरिमो 
(सम्झी रहेछु), क्यु प्रहोदे (भेडी गोठाले), प्रे सोना (सँगै बाचौं) र पा (रक्सी) गरी ११ फिल्म जिफानमा दर्ता भएका छन् । ह्वाईट लोटस स्टुडियो प्रा.लि.को ब्यानरमा फ्रिसी (युवा) को लेखन तथा निर्देशन युगबहादुर गुरुङ हो । यो फिल्ममा प्रतिक गुरुङ, धनमाया गुरुङ, पूजा गुरुङको मुख्य भूमिका रहेको छ । फिल्मको निर्माता मिनप्रसाद गुरुङ, पुकार गुरुङ, तिलक गुरुङ हुन् भने नृत्य निर्देशन जसु गुरुङले गरेकी छन् । प्रविन नेपालीको सम्पादन, रञ्जित गुरुङको छायाँङ्कन फिल्ममा रहेको छ । पा (रक्सी) ङयोए फिल्म प्रा.लि.को व्यानरमा  निर्माण भएको फिल्म हो । 
यता तमू फिल्म प्रा.लि.को व्यानरमा कर्म क्याँ (कर्मको बाटो) जसु गुरुङ निर्देशनमा बनेको फिल्म हो । यो फिल्मको सह–निर्देशन गजेन्द्र गुरुङ र सुजित गुरुङले गरेका छन् ।  सुजित गुरुङ र रिया गुरुङको मुख्य भूमिका रहेको यो फिल्म प्रर्दशनको तयारीमा छ ।  फिल्मको निर्माता लोकबहादुर गुरुङ र धर्ममाया गुरुङ हुन् । फिल्ममा नृत्य निर्देशन सुजित गुरुङ, सम्पादन छवि रानामगर र रञ्जित राना मगर, छायाँङ्कन भेष गुरुङको रहेको छ । शुभेच्छा फिल्म प्रा.लि.को व्यानरमा मनाङ्गे नानी फिल्मको लेखन र निर्देशन खुसबहादुर गुरुङको रहेको छ । यो फिल्ममा  नायकको भूमिका भीम गुरुङ र नायिकाको भूमिका शान्ति गुरुङ ले निभाएका छन् । यो फिल्मको निर्माता गौतम गुरुङ हुन् । 
यसैगरी समन फिल्म प्रा.लि.को व्यानरमा म्हो (ज्वाइँ) को लेखन तथा निर्देशन दिपेश गुरुङ रहेको छ । यो फिल्ममा माओत्से गुरुङ, विश्वास गुरुङ,पूर्णिमा गुरुङ, शितला गुरुङले मुख्य पात्रको भूमिका निभाएका छन् । छायाँ गुरुङ निर्माता रहेको फिल्मको नृत्य निर्देशन मनोज गुरुङ र सम्पादन लब्सन गुरुङले गरेका छन् ।
गोर्खा सिरानचोक एण्ड लिगलिगकोट फिल्म प्रा.लि.को व्यानरमा प्रेमी–प्रेमिका जनक गुरुङको निर्देशन बनेको फिल्म हो । भेष गुरुङ कथा र पटकथा रहेको यो फिल्ममा भेष गुरुङ र रसिला गुरुङले मुख्य भूमिका निभाएका छन् । हंग्री आई फिल्म प्रा.लि.को व्यानरमा तिमी नभए फिल्मको कथा तथा निर्देशन नौजंग गुरुङको छ । फिल्ममा सोम गुरुङ, विश्वास गुरुङ,अनुता गुरुङ र सविना गुरुङको मुख्य भूमिका रहेको छ । गणेश गुरुङ र प्रताप गुरुङ निर्माता रहेको यो फिल्मको नृत्य निर्देशन जसु गुरुङ, सम्पादन रसिला गुरुङ, छायाँङ्कन सन्तोष गुरुङ (कोन्मे) गरेका छन् ।  
तमू फिल्म प्रा.लि.को व्यानरमा अक्होबा चु सैं (नबुझिएको यो मन) फिल्मको लेखन तथा निर्देशन जनक गुरुङ रहेको छ । फिल्ममा  सुमन गुरुङ र अस्मि गुरुङको मुख्य भमिका रहेको छ । यो फिल्मका निर्माता सुमन गुरुङ र शंकर गुरुङ हुन् । मुनाल फिल्म प्रा.लि.को व्यानरमा मैरिमो (सम्झी रहेछु) फिल्ममा भोजबहादुर गुरुङको निर्देशन रहेको छ । फिल्ममा गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सोनु गुरुङको मुख्य भूमिका रहेको छ ।
यसैगरी मिलन डिजी इन्टरनेशनल प्रा.लि.को व्यानरमा क्यु प्रहोदे (भेडी गोठाले) जिफानमा दर्ता भएको फिल्म हो । लेखन तथा निर्देशन सुवास गुरुङको रहेको यो फिल्मको  निर्माता दुर्गा गुरुङ हुन् । राजबहादुर गुरुङ (राजेश), अस्मि गुरुङ, ध्वज गुरुङ र सनम गुरुङको मुख्य भूमिका फिल्ममा छ । शुभेच्छा फिल्म प्रा.लि.को व्यानरको प्रे सोना (सँगै बाचांै) २०७२ मा दर्ता भएको अर्को फिल्म हो । खुसबहादुर गुरुङले निर्देशन गरेको यो फिल्मका खेमचन्द्र गुरुङ र विमलमान गुभाजु हुन् । फिल्ममा नरजंग गुरुङ, भिम गुरुङ, उर्मिला गुरुङ, रजनी गुरुङको अभिनय रहनेछ । जिफानका पूर्व अध्यक्ष माओत्से गुरुङ यो वर्ष निर्देशनमा भन्दा अभिनयतर्फ बढि व्यस्त रहे । जिफानका पूर्व उपाध्यक्ष जसु गुरुङका लागि समेत वर्ष २०७२ सुखद रह्यो । उनले पहिलोपटक फिल्म निर्देशन गर्ने अवसर मात्र नभएर पटक–पटक विदेश जाने अवसर पनि जुट्यो । यता गुरुङ फिल्मका नायक एवंम गायक मनोज गुरुङ यो वर्षभरिनै व्यस्त रहे । अन्य गुरुङ फिल्मकर्मी समेत विभिन्न फिल्म र कार्यक्रममा यो वर्ष व्यस्त रहे ।
गुरुङ फिल्मको मुख्य बजार कास्की जिल्लानै रहेको छ भने यस्का अलावा काठमाडौँ, लम्जुङ्ग, तनहुँ, स्याङ्गजा, गोर्खा, पर्वत, चितवन, रुपन्देही, नवलपरासीमा समेत गुरुङ फिल्मको बजार राम्रै रहेको छ । पछिल्ला दिनमा भारतको सिक्किम, दार्जीलिङ लगायतका ठाउँमा समेत गुरुङ फिल्मको प्रर्दशन गरी राम्रै आम्दानी हुन थालेको फिल्मकर्मी बताउँछन् । त्यसो त गुरुङ फिल्म हङकङ, जापान, कोरिया, युके, खाडी मुलुकमा रहेका नेपाली माझ प्रदर्शन गरी आम्दानी गर्ने गरिन्छ । 
गुरुङ फिल्मको इतिहास भने त्यती लामो छैन २०५२ सालमा ‘पाते’ फिल्मबाट गुरुङ फिल्मको निर्माण आरम्भ भएको थियो । मगर भाषाको पहिलो फिल्म निर्देशन गरेका युवराज मास्के मगरले यो फिल्म निर्माण गरेका थिए । अहिलेसम्म हेर्दा आदिवासी फिल्ममा बढी संख्यामा बनेको फिल्म गुरुङ भाषाकै हो । 
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm

Post a Comment

 
Top