0
गोल्डेन न्यूज संवाददाता
कुक भिषामा ७ बर्षअघि जापान गएका कास्की ढिकुरपोखरी ६ निवासी ३८ बर्षीय बुद्धिबहादुर गुरुङ टोकियोबाट ३० किलोमिटर दुरीमा रहेको चिवा अञ्चलको नागारेया जंगल क्षेत्रमा मृत अवस्थामा भेटिएका छन् । तीन सातादेखि सम्पर्कबिहीन भएका गुरुङको शव गत बिहीबार चिन्नै नसकिने गरि सडेको अवस्थामा भेटिएको थियो । मृतक गुरुङका साथ भेटिएको प्रमाण र पारिवारिक हुलिया लगायतका आधारमा लामो अनुसन्धानपछि चिवा प्रहरीले आइतबार मात्रै शव गुरुङको भएको पुष्टि गरेको हो । प्रहरीका अनुसार गुरुङको घाँटीमा दाग देखिएपछि परीक्षण गरिएको थियो । परीक्षण र पोष्टमार्टमबाट आत्महत्या भएको पुष्टि भएको भन्दै प्रहरीले शव आफन्तलाई जिम्मा लगाएको थियो । गुरुङले के कारणले आत्महत्या गरे भन्नेबारे खुल्न सकेको छैन । 
एकछोरा, एकछोरी र एक श्रीमती भएका गरुङ श्रीमतीसंगै जापानको इवाराकीमा बस्दै आएका थिए । छोरा र छोरी कास्कीस्थित  घरमै छन् भने श्रीमती हालै जापान गएकी थिइन् ।







Post a Comment

 
Top