0
गोल्डेन न्यूज संवाददाता
एच.के. क्लारा दोश्रो मिस एस.एल.सी.क्वीन २०१६ को प्रतियोगिताहरुलाई विभिन्न बिषयमा प्रशिक्षण गराइएको छ । प्रतियोगिताका लागि छनौट भएका १७ जना प्रतियोगिहरुको प्रतिभा प्रस्फुटन गर्न नृत्य, हस्तकला, चित्रकला, निवन्ध लगायतका कृयाकलाप गरी प्रतिभा प्रस्फुटन हुने गरी उनीहरुलाई प्रशिक्षण गराईएको द लुक्स फेसन होमका प्रवन्ध निर्देशक रविन्द्र बज्रचार्यले बताए । प्रतियोगीहरुलाई बरिष्ठ सौन्दयकर्मी  मिना गुरुङ, बुद्धका धर्म गुरु मिन लामा, रेडियो अन्नपूर्णका प्रवन्ध निर्देशक सुनयना पालिखे, कसमस ईन्टरनेश्नल कलेजका निर्देशक तेज गुरुङ, अम्मर ज्योति बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल दिनेश अर्याल, चेरिस्मा ईम्पोरियमकी संचालक सिता बराल, सौन्दयकर्मी सुमन गुरुङ लगायतले विभिन्न बिषयमा प्रशिक्षण गराएको प्रतियोगिताका संयोजक सौन्दर्यकर्मी पवि गुरुङले बताईन । 
द लुक्स फेसन होमको आयोजनामा यहीे जेठ १५ गते प्रतियोगिताको फाईनल हुने भएको छ । प्रतियोगितामा विजेता हुनेलाई पोखराको बगरमा रहेको ज्ञानु बाबा आवासीय उच्च माविले प्लस टु सम्मको निःशुल्क छात्रबृत्ति दिने भएको छ भने प्रतियोगिाताको मुख्य प्रायोजक मलेसियाको क्लारा ईन्टरनेश्नल कलेजबाट नेपालमा सम्वन्धन प्राप्त हङकङ हर्वल व्युटी ईन्स्टिच्यूट प्रालिले ६ महिने क्लारा कोर्ष निःशुल्क गराउने भएको छ । साथै विजेतालाई अन्य गिफ्ट ह्याम्पर दिने भएको छ । दोश्रो हुनेलाई ज्ञानुबाबाले ७५ प्रतिशत छुट र तेश्रो र दर्शक छनौटमा विजेता हुनेलाई ५० प्रतिशत छात्रवृत्ति दिने भएको छ । कल्चर नेपाल २०१० का विजेता सुरक्षा गुरुङले कार्यक्रममा कोरियो ग्राफिको भूमिका निभाउँदै छन । प्रतियोगिता सम्पन्न गर्न करीब ४ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ।
 छनौट भएका प्रतियोगीहरुमा कृपा गिरी, प्रमिला बाँस्तोला, दक्षिणा गोली, पे्रङका गुरुङ, साक्षी गुरुङ, मोनिका गुरुङ, सृष्टि गुरुङ, अन्जु क्षेत्री, कविता रेग्मी, स्वेता पराजुली, दीक्षा गुरुङ, आश्मा श्रेष्ठ, सुनयना श्रेष्ठ, निर्जला पुरी, फवि पाईजा, सोयना गुरुङ र निशा गुरुङ रहेका छन्।








Post a Comment

 
Top