0
जननेताको उपाधिद्वारा सम्मानित र नेकपा एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २३औँ स्मृति दिवस नेकपा एमालेले श्रद्धापूर्वक मनाएको छ । पार्टी कामको शिलसिलामा २०५० जेठ ३ गते चितवन जान लाग्दा दासढुंगामा सडक दुर्घटनामा परी नेताद्वयको दुःखद् निधन भएको थियो । नेकपा एमाले पार्टीका लागि आफ्नो जीवन नै समर्पण गरेका उनीहरुप्रति पार्टीका कार्यकर्ता र शुभचिन्तकहरु कृतज्ञ छन् र उनीहरुको सम्झनामा विविध रचनात्मक कार्यहरु गर्ने गरिन्छ । जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीले नेकपा एमालेलाई राष्ट्रिय राजनीतिको शीर्ष स्थानमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी भाषण–कलामा पनि निकै निपूर्ण थिए र आफ्नो विचारलाई जनतामाझ सम्प्रेषण गर्न निकै कुशल मानिन्थे । यसैगरी, संगठन विभाग प्रमुख जीवराज आश्रितको संगठन कुशलताको पनि पार्टी पंक्तिमा निकै प्रशंसा गर्ने गरिन्थ्यो । मदन–आश्रितकै पार्टी नेकपा एमालेले सरकारको नेतृत्व गर्ने मौका धेरै पटक पायो र अहिले पनि एमालेकै नेतृत्वमा सरकार सञ्चालित छ । तर, जनताको बहुदलीय जनवादले देखाएका सपनाहरु साकार पार्न एमाले सरकार अपेक्षित मात्रामा सफल भएको पाइएन । यस्तो अवस्थामा स्वर्गीय नेताद्वयको अभावलाई पार्टी र शुभचिन्तकहरुले समेत स्मरण गर्ने गर्दछन् । अहिलेको पार्टी नेतृत्व सुविधाभोगी भएको तथा देश र जनताको सेवा गर्नुभन्दा पनि आफू र आफ्नो परिवारको आर्थिक विकासमा चिन्तित रहेको पाइन्छ । अर्को शब्दमा भन्नुपर्दा वर्तमानको एमाले नेतृत्व पुष्पलाल, मनमोहन र मदन भण्डारीको तस्बीर मात्र पार्टी कार्यालयमा झुन्डाएर र उनीहरुको गौरवपूर्ण नामको बैशाखी टेकेर राजनीति गर्दैछन् भन्न त्यति अनुपयुक्त नहोला । एमालेभित्र विकृतिका रुपमा फैलिएको गुटबन्दीको राजनीति पनि आफैँमा आलोच्य रहिआएको छ । एमालेका नेता र कार्यकर्ताहरु यसरी गुटबन्दीमा विभाजित भएपछि मदन भण्डारीले सूत्रपात गरेको जनताको बहुदलीय जनवादले कसरी साकार रुप लिन सक्छ रु भनेर आज सबैले प्रश्न गर्नुपर्छ । अर्को स्मरणीय कुरा के छ भने स्वर्गीय नेताद्वयलाई यदि नेकपा एमालेले पितृको श्राद्ध गरेको जस्तो परम्परा र शैलीमा मात्र स्मरण गर्न खोजेको हो भने त्यो उनीहरुप्रतिको ठूलो अन्याय हुनेछ । वर्षमा एक दिन सम्झने र अरु दिन बिर्सने हो भने नेकपा एमाले अझ बढी क्षयीकृत हुनेछ । नेपाली कांग्रेसले ६ दशकभन्दा बढी समयसम्म बीपीको सपना भजाएर आफ्नो राजनीतिलाई पुनःर्जीिवत गरेजस्तै नेकपा एमालेले आफ्ना दिवंगत नेताहरुको नाम भजाएर मात्र राजनीति नगरोस् भन्ने सबै नेपालीको चाहना हो । मदन पत्नी विद्यादेवी राष्ट्रपतिजस्तो मुलुककै सर्वोच्च पदमा विराजमान छिन् । उनले यो पद मदनकै विरासतले पाएको भन्ने कुरा भुल्न हुँदैन । तर समयले लामो फड्को मारिसक्दा पनि एमालेले आफूलाई आमजनतामाझ अपेक्षित रुपमा विस्तारित गर्न सकेको छैन । गुटबन्दीको राजनीतिले एमालेमा पु¥याएको क्षतिको समीक्षा गरेर पार्टीलाई एक सूत्रमा आबद्ध गर्न सकियो भनेमात्र स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितप्रतिको सच्चा श्रद्धाञ्जली ठहरिन सक्नेछ । अन्यथा, हरेक वर्षको जेठ ३ गतेले पितृश्राद्धभन्दा ठूलो काम गरेको ठहरिन सक्नेछैन ।




Post a Comment

 
Top