0
गोल्डेन न्यूज संवाददाता
अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरि पोखरामा मनाइएको छ । पोखरामा विभिन्न राजनीतिक दल निकट विभिन्न मजदूर संगठनहरुले छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरि १२७ औं मजदूर दिवस मनाए । मजदूर संगठनहरुले छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरेपनि आवाज भने एउटै उठाएका छन् । उनीहरुले मजदूरहरु एकता नभएसम्म हक अधिकार प्राप्त हुन नसक्ने ठोकुवा गरेका छन् । उनीहरुले मजदूरको हक अधिकारका बारेमा धेरै कुरा हुने गरेको, नीति नियम बनेपनि कार्यान्वयन नभएको र राजनीतिक पार्टी र नेताले पनि मजदूरलाई  भ¥याङ बनाउँदै आएको भन्दै मजदूरको हक अधिकारका लागि सबै मजदूरहरु एक हुनुपर्नेमा जोड दिए । यसैक्रममा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले  अन्तत्र्रिmया कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली मजदुरलाई राजनीतिक दलहरुले भातृ संस्थाकोरुपमा प्रयोग गर्दा मजदुरका समस्या हल नभएको गुनासो गरेका थिए । उनीहरुले मजदूरको सामाजिक सुरक्षा भत्ता, वैदेशिक रोजगारलाई मर्यादित एवं सुरक्षित, कार्यथलोबाटै मजदुरको मताधिकार सुरक्षित, राज्यको नीति निर्माण तहमा १० प्रतिशत श्रमिकको प्रतिनिधित्व, आइएलओ अभिसन्धी अनुमोदन, श्रम सम्वन्धी ऐनहरु पारित, राशन कार्डको व्यवस्था, अनौपचारिक क्षेत्रका मजदुरको सामाजिक सुरक्षा लगायतका विषयमा आवाज उठाएका थिए । साथै मजदुर दिवसलाई दिवसका रुपमा मात्र मनाउन नहुने भन्दै २१औं शताव्दीमा मजदुरलाई समयानुकुल सेवा सुविधा र प्राविधिक ज्ञानमा दक्ष बनाउन ट्रेड युनियन काँग्रेलले पहल गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि विश्वेश्वर पराजुलीले नेपाल ट्रेड युनियन काँग्रेस नेपाली काँग्रेसका भातृ संस्था नभई शुभेच्छुक संस्थामात्र भएको स्पष्ट पार्दै कम्युनिष्टहरु पार्टीको भातृ संस्थामा परिणत हुनपुेगकोमा चिन्ता व्यक्त गरे । उनले मजदुरको हक र हितमा लाग्न नेपाली कांग्रेसलाई आग्रह गरे । उनले नेपाली मजदुर अगुवा माथि लागेको नकारात्मक प्रचार बन्द गरी राजनीतिक पार्टीहरुले उद्योगपति व्यापारी र आयात निर्यात कर्ताबाट अशुल्ने चन्दा नकारात्मक भएको टिप्पणी गर।े। कम्युनिष्टहरु को दोहोरो भूमिकाका कारण पनि सन् १८५० देखिको मजदुरको समस्या हल नभएको उनले जिकिर गरे । कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय  महासचिव केदार धमलाले मजदुरको सम्मान नहुँदासम्म राष्ट्रको विकास नहुने स्पष्ट पारे । नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला सदस्य समेत रहेका धमलाले नेपाली काँग्रेसले मजदुरको समस्या सम्वोधन गर्न नसक्दा मजदुरको अवस्था दयनीय बन्दै गइरहेको स्पष्ट पारे । कार्यक्रममा वित्तीय संस्था कर्मचारी संघका क्षेत्रीय अध्यक्ष रामकुमार श्रेष्ठ, मजदुर नेता कमल सापकोटा, नारायणबहादुर पौडेल, तारा श्रेष्ठ, नाई संघका विगुल लाल ठाकुर, लालिमाया रेग्मी लगायतले मजदुरलाई राष्ट्रले बुझ्न नसक्दा देशको विकास हुन नसकेको भन्दै चिन्ता प्रकट गरेका थिए । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका कार्यवाहक अध्यक्ष ज्ञाज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष घनश्याम रेग्मी र संचालन सह–सचिव रुद्रप्रसाद तिमिल्सिनाले गरेका थिए । यसैगरी एमाओवादी निकट मजदूर संगठन अखिल नेपाल टे«ड युनियन महासंघ कास्कीले पनि मजदूर दिवसमा शुभकामना आदान–प्रदान तथा प्रशिक्षण कार्यक्रम आयोजना ग¥यो । कार्यक्रमको उद्घाटन गर्दै एमाओवादीका केन्द्रीय सदस्य एवं पूर्व सांसद राजकाजी गुरुङ (करण) ले श्रमजीवि मजदुरहरुको आशा अझैपनि माओवादीमै रहेको बताए । उनले आम उत्पीडित वर्ग, मजदुर, किसानहरुमा अझै पनि मुलुकमा कसैले गर्छ भने त्यो माओवादीले नै गर्छ भन्ने आशा रहेको स्पष्ट पारे । माओवादी जनयुद्धले नै मजदुरको मुद्दा स्थापित गरेको बताउँदै नेता करणले शान्ति प्रक्रियामा आएपछि कार्यान्वयन गराएको स्मरण गरे । कार्यक्रममा एमाओवादी कास्की अध्यक्ष दीपक कोइरालाले ट्रेड युनियन आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले माओवादी आन्दोलन वर्गीय लडाइँ पनि भएकोले टे«ड युनियन आन्दोल र माओवादी आन्दोलन एक अर्काको परिपूरक भएको धारणा राखे । कोइरालाले भने,–‘माओवादी आन्दोलन सुदृढ हुँदा मात्रै टे«ड युनियन आन्दोलन सुदृढ हुन्छ ।’ कार्यक्रममा तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष बखानसिंह तमु (आभाष) ले एकपटक फेरी अधिकार प्राप्तिको आन्दोलनमा अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले संविधानमा उल्लेखित हक अधिकारहरु कार्यान्वयन नहुने खतरा रहेकोले खबरदारी गर्न मजदुरहरुलाई आग्रह गरे । प्रशिक्षणमा एमाओवादी नेता लालमोहन तिवारी, अखिल नेपाल टे«ड युनियन महासंघका ४ नम्बर प्रदेश सचिव राजेन्द्र न्यौपाने, अखिल नेपाल होटल, रेस्टुराँ तथा क्यासिनो मजदुर संघका केन्द्रीय उपाध्यक्ष पिआर जोशी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला संयोजक गोपालमणि लामिछाने, वाइसिएल कास्कीका सह–सचिव सुवास पौडेल, मजदुर प्रतिनिधि फिटुलाल चौधरी, लक्ष्मी भुजेल ‘निशा’ लगायतले बोलेका थिए । अखिल नेपाल टे«ड युनियन महासंघ कास्कीका अध्यक्ष नविन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लिला जिसीले स्वागत र सचिव गुणराज बाँस्तोलाले सञ्चालन गरेका थिए ।
यसैगरी नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ 
(जिफण्ट) गण्डकी धौलागिरीले पनि  मजदुर दिवसको अवसरमा एक कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा बोल्दै एमालेका पोलिटव्युरो सदस्य गणेश तिमिल्सिनाले नागरिक समृद्ध हुन पहिला देश समृद्धि हुनुपर्ने बताए। उनले देश समृद्धि नभएसम्म नागरिक समृद्धि हुन नसक्ने स्पष्ट पारे । देशको आर्थिक समृद्धिका लागि सवै लाग्नुपर्ने समय आएको भन्दै उनले समाजमा हुने असमानताले गर्दा विभिन्न दुर्घटना हुने गरेको बताए । उनले भने–“समृद्ध परिवारमा पनि आत्म हत्या हुने गरेको छ, असमानताले गर्दा व्यक्तिहरुले अधिकार प्राप्तिका लागि लडाइँ गर्नु पर्ने हुन्छ, त्यसमा उनीहरुको चिक्त बुझ्दो अधिकार प्राप्त गर्न नसके पछि, आफू अपहेलना हुने भए पछि पनि आत्म हत्या गर्ने गरेका छन ।” उनले अब देशमा जारी भएको संविधानको कार्यान्वयन र मजदुरका हकहितका लागि सबै मजदुर एक हुनुको विकल्प नभएको स्पष्ट पारे । जिफण्टका केन्द्रीय सचिव गुणराज आचार्यले मजदुरहरुले संमृद्धि प्राप्ति नभएसम्म निरन्तर लड्नुपर्ने बताए । जारी नयाँ संविधानले मजदुरका धेरै अधिकारलाई सुनिश्चित गरेपनि कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए । जिफण्ट गण्डकी धौलागिरीका अध्यक्ष मिना गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, जिफण्ट कास्कीका अध्यक्ष मेघबहादुर न्यौपाने, गण्डकीका सचिव लिला कार्की लगायतले मजदुरहरुले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरन्जन गर्न पाउनुपर्नेमा जोड दिएका थिए । यसअघि अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पोखराका विभिन्न भागमा ¥याली प्रदर्शन गरिएको थियो ।




Post a Comment

 
Top