0
गोल्डेन न्यूज संवाददाता
झुठा पूर्वाधार देखाई मिलेमतोमा सम्बन्धन प्राप्त गरी कलेज सञ्चालन गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी मेडिकल कलेज पोखराका सञ्चालक लगायत १२ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर छ। त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र संस्थानबाट सम्बन्धन प्राप्त गरेको गण्डकी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रालि पोखरालाई एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सिट संख्या तोकेर सम्बन्धन दिन गठन गरिएको पूर्वाधार निरीक्षण टोलीका सदस्य तथा सञ्चालकले हुँदै नभएका विवरण समावेश गरी प्रतिवेदन दिएको र सोही आधारमा सम्बन्धन प्रदान गरिएको पाइएको आयोगको ठहर छ। कलेजका अध्यक्ष खुमा अर्याललगायत सञ्चालकहरुले त्रिविबाट पद स्वीकृत नै नभएका फ्याकेल्टीहरुको विवरण समावेश गरेको, १ सण् ५० विद्यार्थीको सीट संख्यालाई आवश्यक पूर्वाधार नभए पनि छ भनी झुठो विवरण पेश गरेको पुष्टि भएको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०४९ बमोजिम कसुरको मात्राअनुसार सजाय मागदाबीसहित आरोप पत्र दायर गरेको आयोग प्रवक्ता कृष्णहरि पुष्करले विज्ञप्ती मार्फत जानकारी दिएका छन्।











Post a Comment

 
Top