0
गोल्डेन न्यूज संवाददाता
निर्माण व्यवसायीहरुले सरकारले संसदमा  संशोधनको लागि पेस गरेको  सार्वजनिक खरिद ऐन परिर्माजनको माग गरेका छन् । प्रश्तावित ऐनले ६० लाख भन्दा माथिको निर्माण कार्यको लागि विशेष अुनभव तथा योग्यता चाहिने व्यवस्था गरेकोमा सो व्यवस्था परिमार्जन गरि २ करोड सम्मको निर्माण कार्यको लागि कुनै योग्यता तथा अनुभव आवश्यक नपर्ने व्यवस्था गर्न व्यवसायीले माग गरेका हुन् । नेपाल निर्माण व्यवसायी संघ कास्कीले शुक्रवार आयोजना गरेको सार्वजनिक खरिद ऐन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले सार्वजनिक खरिद ऐनलाई परिर्माजन गर्न सरकारले संसदमा पेश गरेको विद्येयकका केही प्रावधानहरु व्यवसायीको हितमा नरहेको हुँदा संशोधनको माग गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले संसदमा विचाराधिन अवस्थामा रहेको नयाँ सार्वजनिक खरिद ऐनमा आफुले व्यवसायीको मागलाई सम्वोधनको लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपालका निर्माण व्यवसायीहरु दक्ष तथा अनुभवी रहेको भन्दै विश्वका अन्य मुलुकमा व्यवसायीले गर्न सक्ने क्षमता नेपाली व्यवसायीमा रहको भनाई अधिकारीको थियो । कास्की क्षेत्र नं ३ का सांसद समेत रहेका अधिकारीले भुकम्पपछिको पुर्ननिर्माणमा निर्माण व्यवसायीको भुमिका अझ वढि महत्वपुर्ण रहेको धारणा उनको छ । कार्यक्रमको वारेमा जानकारी गराउँदै्र नेपाल निर्माण व्यवसायी संघ कास्कीका सल्लाहकार चिरञ्जिवी पोखरेलले वर्तमान ऐनवाट व्यवसायमा आएका नयाँ व्यवसायी मर्कामा परेको धारणा राखेका छन् ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष बासुदेव गौचनको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा महासंघका सल्लाहकार शिवशंकर गौचनले पनि वोलेका थिए । कार्यक्रममा  स्वागत संघका उपाध्यक्ष सुरेश श्रेष्ठ तथा कार्यक्रम सञ्चालन  सचिव हरी लम्सालले गरेका थिए । कार्यक्रममा १ सय ५० जना भन्दा वढि निर्माण व्यसायीको उपस्थिति रहेको संघका कार्यालय प्रमुख डम्वरराज ढकालले जानकारी दिए ।






Post a Comment

 
Top