0
हरि पन्त÷गोल्डेन न्यूज
लियो क्लब अफ पोखरा पिस सिटीको नेतृत्व चयनमा विवाद भएको छ । क्लबमा २५ सदस्य रहेका छन् । क्लव गठन भएको २ वर्षमात्र भएको छ । लियो वर्ष २०१३÷०१४ अखिल धमला संस्थापक अध्यक्ष भएर क्लव गठन भएको थियो । संस्थापक अध्यक्ष धमलाले आफ्नो कार्यकाल पूरा गरेपछि २०१४÷०१५ को अध्यक्षमा सञ्जय अधिकारी चयन भएका थिए । तर अधिकारीले जिम्मेवारी पाउने वित्तिकै पोखरा बाहिर रहेकाले निष्क्रिय बसेका थिए । उनी निष्क्रिय बसेपछि क्लवका प्रथम उपाध्यक्ष वीरेन्द्र सापकोटाले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका थिए तर सापकोटाले कावा अध्यक्षको जिम्मेवारी पाएपनि माइन्यूट र कोष नपाउँदा काम गर्न नसकेको गुनासो गरे भने संस्थापक अध्यक्ष धमलाले उनको गुनासोको खण्डन गर्दै जिम्मेवारी लिएर पनि केही काम गर्न नसकेको आरोप लगाए । क्लव १ वर्ष निष्क्रिय बसेपछि पुनः सक्रिय बनाउन शुक्रबार पोखराको चिप्लेढुङ्गास्थित एक होटलमा भेला आयोजना भयो । भेलामा क्लवका २५ सदस्यमध्ये ९ जनामात्र सहभागी भएको बताइन्छ । तर २०१५÷०१६ का कार्यवाहक अध्यक्ष सापकोटाले भने ८ जनामात्र सहभागी भएको दावी गरेका छन् । भेलामा क्लवका प्रथम उपाध्यक्ष एवं कावा अध्यक्ष सापकोटा र २०१५÷०१६ का सचिव अनिल सुवेदीले अध्यक्ष पदमा दावी गरेपछि सहभागी बीच चुनाव भएको थियो। मतदानबाट सापकोटाले आफ्नोमात्र १ भोट र सुवेदीले ७ भोट पाएका थिए भने एक जना सदस्य मतदानमा सहभागी नभएको संस्थापक अध्यक्ष धमलाले जानकारी दिए । धमलाले यसो भनिरहँदा सापकोटाले भने आफूहरुले भेला बहिष्कार गरेको बताएका छन् । सापकोटाले भने–‘क्लवका संस्थापक अखिल धमला र २०१५÷०१६ का सचिव अनिल सुवेदी मिलि मनोमानी गर्दै पदाधिकारी मनोनित गर्दै अध्यक्ष पदमा मात्र ८ जनाले भोटिङ गरी नयाँ समित बनाएको घोषणा गरेका छन् ।’ उनले विधान विपरित तथा अधुरो कार्यसमितिद्वारा गरिएको अधिवेशन आफू र कोषाध्यक्ष सन्तोष दाहालले बहिष्कार गरेको बताएका छन् । मतदनबाटै अध्यक्ष भएका अनिल सुवेदीले क्लवको प्रथम उपाध्यक्षमा विवेक धमला, द्वितीय उपाध्यक्षमा प्रकाश बराल, सचिवमा सन्तोष दाहाल, सह–सचिवमा नानु अधिकारी, कोषाध्यक्षमा सुधा कोइराला, पिआरओमा रामचन्द्र पौडेल, मेम्वरशिप चियर पर्सनमा अरुण कोइराला, टेल ट्वीस्टरमा अर्जुन अधिकारी र टेमरमा विष्णु सुवेदीलाई मनोनित गरेका छन् । अध्यक्ष अनिलले मनोनित गरेका सचिव सन्तोष दाहाल भने अझैपनि सहमतिकै पक्षमा छन् । उनले आफू सहमतिको पक्षमा रहँदा–रहँदै पनि सापकोटा र सुवेदीबीच मतदान हुन पुगेपछि आफू निष्क्रिय बसेको बताए । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै उनले भने–‘म पनि अध्यक्षको दावेवार थिएँ । मैले सहमति गर्नुस् जो अध्यक्ष भएपनि हुन्छ भन्दा सुवेदी र सापकोटा मतदान प्रक्रियामा सहभागी हुनुभयो, मतदानमा सापकोटा जी हार्नुभयो ।’ उनले थपे–‘सुवेदीजीले मलाई सचिव बनाउनुभएको छ । सुवेदी र सापकोटा दुवै मिलेर अघि बढे म सचिव भएर काम गर्छु नत्र गर्दिन ।’ दाहालले वीरेन्द्र सापकोटा बैठकमा सहभागी भइ अध्यक्ष पदको मतदानमा पनि सहभागी भएको र अध्यक्षमा पराजित भएपछि रिसाएर कार्यक्रमस्थलबाट बाहिरिएको जानकारी दिए । यता क्लवको स्पोन्सर क्लब लायन्स क्लब अफ पोखरा पिस सिटीले लियोमा देखिएको विवादप्रति चिन्ता प्रकट गरेको छ । क्लवका २०१५÷०१६ का अध्यक्ष टंकराज अधिकारीले सामाजिक क्लवमा विवाद गर्नु र सामान्य विवादलाई  ठूलो बनाएर बाहिर ल्याउनु विडम्वना भएको बताए । उनले क्लवको समस्या समाधान गर्न आफू लाग्ने स्पष्ट पारे । यसैगरी क्लवका निर्वाचित अध्यक्ष अनिल सुवेदीले क्लवमा भनेजति विवाद नभएको भन्दै १ जनाले विरोध गर्दैमा केही नुहने बताए । उनले भने–‘सकेसम्म विवाद मिलाउन प्रयत्न गर्छु, यदि नमिले पनि क्लव निष्क्रिय बस्दैन ।’ उनले थपे–‘समान्य एवं स्वभाविक कुरालाई ठूलो इस्यु बनाएर मिडियामार्फत अफवाह फैलाउन प्रयत्न भएको छ । यसले मेरो र क्लवका सबैको मन दुखाएको छ ।’









Post a Comment

 
Top