0
गोल्डेन न्यूज संवाददाता
पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाईडमा सुविधायुक्त मिनी मार्केट सञ्चालनमा आउने भएको छ । पोखरा ६ लेकसाईड स्थित लालुपाते मार्गमा निर्माण गरिएको बाराही मिनी मार्केट प्रालि जेठ १ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आउने लागेको हो । सञ्चालक अनिल केसीका अनुसार कुल ३३ वटा सटरमा सबै समान एउटै छाना मुनी पाउने गरी मिनी मार्केट सञ्चालन गर्न लागिएको हो । सटर बुकिङ कार्य जारी रहेको केसीले बताए । ‘एउटै छाना मुनी सबै सामान पाउने गरी, तरकारी, फलफुल, लत्ताकपडा, खाद्यान, माछा मासु, रेष्टुरेण्टका स्टल बुकिङ लिइरहेका छौ । ’ केसीले भने । उपभोक्ता मिनी मार्केटमा छिरेपछि अन्यत्र जान नपर्ने गरी सटर र पसल ब्यवस्थापन गर्न लागिएको उनले बताए । दुई रोपनी जग्गामा निर्माण गरिएको मिनी मार्केटमा पार्किङ सुविधा, शौचालय, सुरक्षा गार्ड, सोलार सिष्टम जडान लगायतका सुविधा छन् । मिनी मार्केट सञ्चालनमा ल्याउन झण्डै एक करोड खर्च लागेको उनले जानकारी दिए । मिनी मार्केटमा केसी सहित दिनेश बानियाँ, नारज बहादुर खड्का र नन्द वहादुर छन्त्यालको संयुक्त लगानी छ । लेकसाईडमा मिनी मार्केटको आवश्यकता देखेर लगानी गरेको केसीले बताए । भविश्यमा अन्य स्थानमा पनि यस्तो मिनी मार्केट सञ्चालनमा ल्याउने उनीहरुको योजना छ ।









Post a Comment

 
Top