0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ–१७ बाघमारामा नेपाली काङ्ग्रेसको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  ‘संविधान बने पछि नेपाली काङग्रेसका नेता तथा कार्यकर्ताको भूमिका विषयक’ प्रशिक्षण लेखनाथ वडा नंं १७ नेपाली काङग्रेस वडा इकाई सभापति सरोजराज अधिकारीको सभापतित्वमा भएो थियो । नेपाली काङ्ग्रेस लेखनाथ नगर समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापति कृष्ण केसी र विशिष्ट अतिथि नेपाली काङ्ग्रेसकी सांसद विन्दा राना मगर, प्रशिक्षक गजेन्द्र पाणीले नेपाली काङग्रेस भनेको आफैमा एउटा सत्य, सास्ंकृतिक पार्टी भएको बताए । उनीहरुले हामी सत्य, सु–सास्कृतिक र आफ्ना निति कार्यक्रम र बैचारिक प्रतिस्पर्दा बाट अरुलाई जित्न जरुरी रहेको भन्दै भौतिक रुपमा प्रशिक्षण कार्यक्रममा हुनुपर्ने कुरा नभएको र हरेक कार्यकताले प्रशिक्षण कार्यक्रम लिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला महाधिवेशन प्रतिनिधि केशर प्रसाद निर्दोषीले नेपाली काङग्रेसले लिडिङ गरेर संविधान कार्यान्वयन गर्नुपर्ने बताए। कार्यक्रम सचिव पदमराज पौडेलले संचालन गरेका थिए ।





Post a Comment

 
Top