0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा राष्ट्रिय समाचार समिति  पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराद्वारा शनिबार पोखरामा आयोजित एक अन्तत्र्रिmयामा समय सापेक्ष राससको प्रभावकारी भूमिका आवश्यक भएकोमा जोड दिइएको छ । ‘सङ्घीय प्रदेश अन्तर्गत राससको भूमिका’ विषयक कार्यक्रममा बोल्ने वक्ताहरूले राससबाट प्राप्त हुने समाचार सत्य तथ्य हुने जनअपेक्षा एवं विश्वासलाई कायमै राख्दै अझै प्रभावकारी समाचार प्रवाहलाई उच्च प्राथमिकता दिइनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सह–क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोलाले राससको सेवालाई अझै प्रभावकारी बनाउन स्रोत साधनलाई थप व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिए । सञ्चारकर्मीले सकारात्मक सोचका साथ समाचार सम्प्रेषण गर्नु आवश्यक भएको भन्दै उनले त्यसबाट समाजलाई सदाचार र विकासका मार्गमा उन्मुख गराउन सकिने बताए । राससले प्रदान गर्ने समाचार सत्यतथ्य  र विश्वसनीय हुनुपर्नेमा जोड दिदै उनले समय सापेक्ष दक्षता प्राप्त जनशक्ति परिचालन गरिनुपर्ने बताए। रासस सञ्चालक समितिका सदस्य एवम् कार्यक्रमका सभापति गंगाधर पराजुलीले राससको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन पहल भैरहेको बताए । उनले समयको मागलाई दृष्टिगत गरी राससको समाचार सेवालाई तल्लोतहसम्म पु¥याउन, आर्थिक दृष्टिकोणले आत्मनिर्भर र भौतिक दृष्टिकोणले सुविधासम्पन्न बनाउन  प्रयास गरिएको जानकारी दिए ।  सत्य तथ्य र विश्वसनीय समाचार सम्प्रेषणलाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा राससलाई थप प्रभावकारी बनाउन लागिएको उनले स्पष्ट पारे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्टले राससलाई साधन स्रोत सम्पन्न बनाउन उपलब्ध आन्तरिक स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । उनले राससले आफ्नो कार्यक्षेत्र अन्तर्गत विभिन्न सम्भावनाहरुको खोजी गर्दै त्यस क्षेत्रको विकासका लागि सरकार र नागरिकले गर्नुपर्ने दायित्वका बारेमा समाचार प्रवाह गर्न आग्रह गरे । नेपाल पत्रकार महासंघका कन्द्रीय सदस्य शुष्मा पौडेलले संघीय प्रदेशमा राससको भूमिका महत्वपूर्ण हुने भन्दै सरकार परिवर्तन सँगै राससमा सञ्चारकर्मी परिवर्तन हुने प्रवृतिले यस संस्थालाई प्रभावित पार्ने गरेको बताइन ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले राससलाई कार्यकर्ताको भर्ति केन्द्र बनाउन नहुनेमा जोड दिदै यसलाई एउटा विश्वसनीय सञ्चार संस्थाका रुपमा विकास गर्नुपर्ने खाचों औंल्याए । संघीय प्रदेशमा सत्यतथ्य तथा विश्वसनीय सूचना प्रवाहमा राससको भूमिका प्रभावकारी हुनुपर्नेमा उनले जोड दिए । 
गोरखापत्र संस्थानका सञ्चालक सदस्य नवराज सुवेदीले रासस सरकारको आधिकारिक समाचार समिति भएको उल्लेख गर्दै यसले प्रदान गर्ने सेवा गुणस्तरीय तथा छिटोछरितो हुनुपर्ने बताए।  कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीले रासस आँफैमा सूचनाको भण्डार भएको बताउँदै यसलाई स्वायत्त संस्थाका रुपमा विकास गर्नुपर्ने बताए । उनले भने–“राससको साधन स्रोतको अधिकतम सदुपयोग गर्दै यसलाई सरकारी सञ्चार गृहका रुपमा विकास गर्नुपर्छ ।” नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवम् स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले राससले योग्यता र क्षमताका आधारमा जनशक्ति छनोट गरी गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सभापति पुण्य पौडेलले राससको समाचार उल्लेख गर्ने तर स्रोत नखुलाउने प्रवृत्ति बढीरहेको बताउँदै यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । राससले आफ्नो सम्पत्ति सदुपयोग गरेमा यो आत्मनिर्भरतातर्फ उन्मुख हुने उनले बताए।
ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल(बान) का सचिव दुर्गा अधिकारीले राससमा राजनीति आस्थाका आधारमा कर्मचारी नियुक्ति गर्ने प्रवृत्तिले यसको गुणस्तरीयतामा कमी आउने बताउँदै योग्यता र क्षमताका आधारमा जनशक्ति छनौट गरिनुपर्नेमा जोड दिए। रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र पोखराका प्रमुख उदयकृष्ण श्रेष्ठले रेडियो नेपालले राससको समाचारलाई आधिकारिक स्रोतका रुपमा लिने गरेको उल्लेख गर्दै यसको विश्वसनीयता कायम गर्न राससकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । क्षेत्रीय संचार केन्द्र कार्यालय पोखराका प्रमुख रामप्रसाद तिमल्सिनाले संघीय मोडेलमा राससलाई दक्ष एवम् अत्याधुनिक प्रविधिले युक्त बनाइनुपर्नेमा जोड दिए । अनलाइन पत्रकार संघ गण्डकी अञ्चलका संयोजक रामजी लम्सालले राससलाई आत्मनिर्भरता को बाटोमा लैजानका लागि उपलब्ध साधन स्रोतको उचित परिचालन गर्नुपर्ने बताए । पछिल्लो विकसित प्रविधि अनुसार राससको से्वा मोवाइल  बाटै हेर्न सकिने बनाउनुपर्नेमा उनको जोड थियो ।
नेपाल प्रेस युनियन कास्कीका उपाध्यक्ष माधव रेग्मीले आम नागरिकलाई पनि सहज रुपमा राससको समाचार प्राप्त गर्ने अवस्थाको सिर्जना गरिनुपर्ने बताए । स्वतन्त्र पत्रकार संघ, नेपालका महासचिव कमल पौडेल अथकले सत्य तथ्य र विश्वसनीय समाचार राससबाट अपेक्षा गरिने बताउँदै त्यस तर्फ राससले आँफूलाई केन्द्रित हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ तनहुँका पूर्व सभापति विश्ववन्धु भण्डारीले पछिल्लो समयमा राससले आफूलाई सुधार गर्दै लगेको बताए । 
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सभापति वद्रीविनोद प्रतीक, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष शान्ति गुरुङ, रिपोर्टस क्लव कास्कीका अध्यक्ष वासुदेव मिश्र, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सचिव दीपेन्द्र श्रेष्ठ, प्रेस युनियन कास्कीका सचिव प्रकाशचन्द्र सापकोटा लगायतको सहभागिता रहेको राससका वासु पौडेलले गोल्डेन न्यूज दैनिकलाई बताए ।








Post a Comment

 
Top