0
गोल्डेन न्यूज संवाददाता
वल्र्ड विजनेश म्यानेजमेन्ट एण्ड कन्सल्ट एलएलसीको आयोजनामा नेपालमा उत्पादित बस्तु तथा सेवाहरुको अन्तर्राष्ट्रिय प्रदर्शनी अमेरिकाको न्युयोर्कमा हुने भएको छ । प्रदर्शनीका बारेमा जानकारी दिन सोमबार पोखराका उद्योगी व्यवसायीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आगामी सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म प्रदर्शनी हुँदैछ । प्रदर्शनीको तयारीलाई तीब्र बनाइएको आयोजक संस्थाका प्रवन्ध निर्देशक कृष्ण लामिछानेले जानकारी दिए । प्रदर्शनीमा ३ सय ७२ वटा स्टल राखिने छन् । प्रदर्शनीमा राखिने स्टलमध्ये ८० प्रतिशत नेपाली उत्पादन तथा सेवाका हुने उनले जानकारी दिए । बाँकी २० प्रतिशत अन्य देशका उत्पादन प्रदर्शनी गरिनेछ । ८० प्रतिशतमध्ये ७० प्रतिशत नेपालकै उत्पादन र १० प्रतिशत संसारका विभिन्न देशमा रहेका नेपालीले उत्पादन गरेका बस्तु प्रदर्शनी गरिने लामिछानेले जानकारी दिए। छलफल कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रमका सभापति देव क्षेत्रीले नेपाली उत्पादनलाई अमेरिकामा प्रदर्शनी तथा बिक्री गरिनु व्यावसायिक दृष्टिकोणले महत्वपूर्ण रहेको बताए । ‘प्रदर्शनीले नेपाली उत्पादनलाई संसारभर चिनाउन मद्दत गर्ने हाम्रो विश्वास छ,’ उनले भने ।
संसारकै महत्वपूर्ण व्यापारिक केन्द्रमा प्रदर्शनी आयोजना गरिएकाले नेपालको व्यवसाय संसारभर प्रवद्र्धन हुने प्रदर्शनीका प्रमोसनल डाइरेक्टर टेकराज पौडेलले बताए । नेपाली उत्पादनको प्रवद्र्धनका साथै संसारका अन्य देशको उत्पादन तथा सेवाहरुको बारेमा जानकारी लिनका लागि पनि प्रदर्शनी महत्वपूर्ण हुने आयोजकको दावी छ । धादिङ समितिका सदस्य घिमिरेत्रयलाई पितृशोक

Post a Comment

 
Top