0
गोल्डेन न्यूज संवाददाता
मानव अधिकार पत्रकार संघ कास्की शाखाका अध्यक्ष श्री राजेश पराजुली माथि आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी  कार्वाही गर्नु पर्ने बेलामा पक्राउ परेकालाई समेत उन्मुक्ति दिएको घटनाप्रति मानव अधिकार पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको छ । घटना भएको दुईसाता बित्नलाग्दा समेत एक जना फरार अभियुक्त समात्न नसक्नु र समातिएकालाई पनि पीडितको राय विना उन्मुक्ति दिनुले प्रहरी प्रशासनको विश्वासनीयता माथि शंका उब्जिएको छ । कुटपिटमा  संलग्न रोशन अधिकारीलाई १५ दिन हिरासतमा राखि छाडी दिएको छ । उनका साथी सक्षम श्रेष्ठलाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्ने  सकेको छैन । श्रेष्ठ र अधिकारीले गत वैशाख १६ गते पोखराको सिद्धार्थ मिनिमार्केट भित्र प्रवेश गरी अध्यक्ष पराजुली माथि कुटपीट गरेका थिए । संघ श्रेष्ठ र अधिकारीलाई पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाउन कास्की प्रहरी प्रशासन समक्ष अनुरोध गर्दछ । घटनामा संलग्नहरुलाई कार्वाही नगर्ने हो भने मानव अधिकार तथा पत्रकारिता स्वतन्त्र पूर्वक काम गर्न चुनौती थपिंदै जाने छन र घटनामा संलग्नहरुलाई पक्राउ गरी कडा  भन्दा कडा कार्वाही गरिएन भने दण्डहिनता अझ मौलाउने छ । यस्ता घटनाप्रति मानव अधिकार कर्मी पत्रकार सवै सचेत हुन आवश्यक  छ ।








Post a Comment

 
Top