0
गोल्डेन न्यूज संवाददाता
पोखराको पृथ्वीचोकमा रहेको सनराइज ड्राईभिङ सेण्टरले संचालन गरेको प्रि–भेइकल टेष्ट सेण्टरले छोटो समयमा पोखरेलीको मन जित्न सफल भएको छ । सेण्टरमा दैनिक ३ सय जना सिक्न आउने गरेका छन् । नेपाल सरकार यातायात व्यवस्था कार्यालयले ल्याएको नयाँ ट्रायल प्रणाली जस्तै गरि प्रि–भेइकल टेष्टमा सवारी साधन सिक्न पाइने भएकाले पनि पोखरेलीहरुको मन जित्न सफल भएको संचालक सरोज केसीले जानकारी दिए । यस्तै सनराइज ड्राइभिङले नोपालमा नै पहिलो पटक ट्रायल दिनेहरुका लागि ५ रुपैयामा बाईक र २० रुपैयाँमा स्कुटरबाट ट्रायल दिन पाउने व्यवस्था मिलाएको र त्यसमा सनराइज ड्राइभिङले १२ वटा साधन सौजन्य गरेको अर्का संचालक लेखनाथ सुवेदीले बताए । यसअघि ट्रायल दिनका लागि आफ्नै मोटरसाइकल वा स्कुटर नहुनेहरुले १ सय भन्दा धेरै रकम तिरेर ट्रायल दिनुपर्ने थियो । अहिले यातायात व्यवस्था कार्यालय गण्डकीले एस एण्ड एस रिकण्डिसन हाउससँग सम्झौता गरि नयाँ मोटरसाइकल र स्कुटरबाट सस्तो मूल्यमा ट्रायल दिने व्यवस्था मिलाएको हो । अहिले ट्रायल दिन सबै नयाँ स्कुटर र मोटरसाइकलहरु प्रयोग गरिन्छ र यो सस्तो रकममा उपलब्ध हुन्छ । यातायात व्यवस्था कार्यालय गण्डकीका लाइसेन्स शाखाका प्रमुख चेतप्रसाद उप्रेतीले भने । सनराइज ड्राइभिङले ट्रायल दिनकै लागि नयाँ १८ वटा स्कुटर २२ वटा बाईकहरु रहेको जनाइएको छ । यसैबीच ट्रयाल दिन प्रयोग गरिने ७ वटा बाईक र ५ वटा स्कुटर र त्यसमा प्रयोग हुने इन्धन सौजन्य गरेको अर्का संचालक राजु लालचनले बताए ।









Post a Comment

 
Top