0
गोल्डेन न्यूज संवाददाता
बिरौटा क्लबको आयोजना र साईकल सिटी पोखराको सह आयोजनामा लेक टु लेक नाराका साथ पोखराको फेवातालदेखि मुगुको रारातालसम्म भम्रण कार्यक्रमको लेकसाईड तालबाराही मन्दिरदेखि सुरु भएको छ । कार्यक्रममा बिरौटा क्लब र साईकल सिटी पोखराका ४ जना महिला र २६ जना पुरुष गरि ३० जनाको सहभागीता जनाएका छन् । कार्यक्रमको उद्देश्य घुमफिर बर्ष २०७३ को प्रचार–प्रसार गर्नुको साथै सुनकलीमा आधारित १४ वटा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त डकुमेन्ट्रीका पात्र सुनकली र उसले पढेका हिमोदय निमाविलाई बिरौटा क्लबको तर्फबाट १ लाख, बाबा फाउण्डेशनको तर्फबाट सेनेटेरी किट ६० थान र ६ हजार, मिराकल ईन्स्युच्युट महेन्द्रपुलको तर्फबाट ५ हजार र शान्ति स्तुपा कालिमाटी निवासी बिष्णु प्रसाद बरालको तर्फ बाट ५० थान सल सहयोग प्रदान गर्नु रहेको आयोजकले जानकारी दिएका छन् । कार्यक्रम यात्राका सहयात्री सुनकली डकुमेन्ट्रीका निर्देशक भोजराज भाटले उदघाटन यस्तो किसिमको सहयोगले सुनकलीलाई झन थप हौसला थपिने र यो कार्यक्रमबाट सुनकली संग जोडिएर डकुमेन्ट्री पनि रोचक बन्नेमा बिश्वास लागेको बताए । १३ बर्षिय बालिका साईकिल्ष्ट शालु घिमिरेले आफूलाई एकदम उत्साह जागेको र शायद नेपालकै एउटा जुनियर साईकिल्ष्ट रारा पुगेर रेकर्ड तोड्न पाउनु आफनो अहोभाग्य रहेको बताईन । बिरौटा क्लबका अध्यक्ष सूर्य प्रसाद बरालले एउटा सकारात्मक सोच साथ एउटा तालबाट अर्को तालसम्म पुगी घुमफिर बर्ष साकार पार्दै सुनकलीलाई सहयोग गर्न पाउँदा आफू लगायत सम्पूर्ण मित्रहरुलाई खुशि लागेको बताए । साईकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले यो यात्रा पर्यटन प्रबद्र्धनमा अति उपयुक्त र घुमफिर बर्षलाई सहयोग पुग्न आशा व्यक्त गरे । कार्यक्रम संचालन साईकल सिटी पोखराका सचिव अभिषेक कोईरालाले गरेका थिए ।





Post a Comment

 
Top