0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिकाको तालचोकमा स्टेशन रहेको रेडियो लेकसिटी ९६.२ मेगाहर्जले परीक्षण प्रसारण शुरु गरेको छ । लेखनाथमा पाँचसय वाट क्षमतको पहिलो रेडियोको रुपमा लेकसिटीले परीक्षण प्रसारण शुरु गरेको हो ।लेखनाथका ५० जना व्यवसायीहरुको आवद्धता रहेको रेडियो लेकसिटीले ‘विकास र समृद्धिलाई’ जोड दिने प्रसारण संस्थाको कम्पनी लेखनाथ ब्रोडकाष्टिङ कम्पनी प्रा.लि.का अध्यक्ष ऋषिराम भण्डारीले जानकारी दिए । आम संचारको माध्यमबाट लेखनाथको विकास र समृद्धिमा योगदान पु¥याउन सकिन्छ कि भन्ने उद्देश्यले सवै व्यवसायीहरु लाई समेटिएको भण्डारीले बताए । सकरात्मक समाचार, विकास निर्माण र समृद्धिका विषयबस्तुलाई प्राथमिकता दिंदै, गीत संगीत र विभिन्न मनोरन्जनात्मक र जानकारीमूलक कार्यक्रमहरु परीक्षण प्रसारण लगत्तै शुरु गरिने भण्डारीले जानकारी दिए । राज्यको पुनःसंरचना पछि प्रदेश नम्बर ४ को सदरमुकाम पोखरा हुने भएकाले र अवको प्रमुख एजेण्डा पनि आर्थिक समृद्धि र विकास भएकाले रेडियोले त्यससँग सम्वन्धित सामाग्रीहरुलाई उच्च प्राथमिकता दिने बताइएको छ । कम्पनीले निकट भविष्यमा पत्रिका, अनलाईन र टेलिभिजन एवं इन्टरनेटको सेवा समेत शुरु गर्ने उद्देश्य राखेको अध्यक्ष भण्डारीले जानकारी दिए । रेडियो लेकसिटीले बिहान ५ बजेदेखि राति ११ बजेसम्म विभिन्न कार्यक्रम तथा गीत संगीत प्रसारण गर्ने जनाइएको छ । लेखनाथमा रेडियो लेकसिटी सहित तीन वटा एफ एम रेडियो संचालनमा आएका छन्। योसहित लेखनाथ नगरपालिकामा खुलेका एफएमको संख्या तीन पुगेको छ ।


Post a Comment

 
Top