0
गोल्डेन न्यूज संवाददाता
नेपालमा रहेका लायन्सका चारवटा डिष्ट्रिक्टबाट चुनिने लायन्स मल्टिपल काउन्सिल चियर पर्सनमा  सुनिलभक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनी लायन्स डिष्ट्रिक्ट ३२५ ए १ का गभर्नर हुन् । ए १, ए २, बी १ र बी २ गरि ४ वटा डिष्ट्रिक्टबाट पालैपालो मल्टिपल काउन्सिल चियर पर्सन बन्ने प्रचलन रहेपनि डिष्ट्रिक्ट ३२५ बी १ का गभर्नर ध्रुवबहादुर थापाले समेत उक्त पदमा उम्मेदवारी दिएपछि लायन्सभित्र आन्तरिक द्वन्द शुरु भएको थियो । थापाले आफूले डिष्ट्रिक्ट गभर्नरको रुपमा राम्रो काम गरेको र लायन्स इन्टरनेशनलले समेत आफूलाई सम्मान गरेका कारण मल्टिपलको जिम्मा आफूले नै पाउनुपर्ने दावी गर्दै उम्मेदवारी दिएको बताइन्छ । उनको उम्मेदवारीलाई उनकै डिष्ट्रिक्टका जिम्मेवार व्यक्तिहरुले समेत समर्थन नगरेपछि उनी पछि हट्न बाध्य भएका हुन् । डिष्ट्रिक्ट ३२५ बी १ को महत्वपूर्ण जिम्मेवारी सम्हालेका लायन्सका एक अगुवाले  गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै लायन्स क्लव भित्र पनि पदमोह बढ्दै गएको र अनावश्यक तामझाम र खर्च गर्ने प्रवृत्ति बढ्दै गएको भनि चिन्ता व्यक्त गरे । उनले पोखरामा हालै सम्पन्न डिष्ट्रिक्टको महाधिवेशनमा १ करोड रुपैयाँको हाराहारीमा खर्च भएको भन्दै अनुत्पादक र अनावश्यक काममा खर्च गर्ने प्रवृत्ति कम गर्न सुझाव दिए । डिष्ट्रिक्टको हालै सम्पन्न महाधिवेशनमा ३ हजार ४ सय १२ जना सहभागीबाट १ हजार ५ सय रुपैयाँका दरले रजिष्ट्रेशन शुल्क लिइएको र प्रत्येक क्लवबाट न्यूनतम् १० हजार रुपैयाँको दरले संकलन गरिएको रकम मात्र पनि ६० लाख रुपैयाँ बढी हुन आउछ । त्यसमाथि विभिन्न उद्योगी व्यवसायीबाट लिइएको आर्थिक सहयोग, स्मारिकामा प्रकाशन गरिएको विज्ञापन लगायतको आम्दानी गर्दा करिब १ करोड संकलन भएको अनुमान लायन्स क्लवका सदस्यहरुले गरेका छन् । तर महाधिवेशन सम्पन्न भएको १ महिना बित्दा पनि आय–व्ययको विवरण अझै सार्वजनिक गरिएको छैन । डिष्ट्रिक्टमा रहेका २÷४ जनाको चाहना बमोजिम नै रकम खर्च गरिएको गुनासो आयोजक समितिमा रहेका सदस्यहरुको छ । यसअघि सेती गण्डकी लायन्सले महाधिवेशको आयोजना गर्दा महाधिवशेन सकिएको २ साताभित्रै आय–व्यय विवरण सार्वजनिक गरि महाधिवेशनमा सहयोग पु¥याउनेलाई सम्मान समेत गरिएको थियो । तर यस पटक महिना दिन बित्दा समेत महाधिवेशनका बारेमा समीक्षा समेत नहुँदा लायन्स सदस्यहरु चिन्तित बनेका छन् ।  






Post a Comment

 
Top