0
गोल्डेन न्यूज संवाददाता
नेकपा क्रान्तिकारी माओवादी का बहुमत केन्द्रीय सदस्यहरुले मोहन वैद्य किरणलाई अध्यक्ष पदबाट हटाउँदै रामबहादुर थापा ‘बादल’को नेतृत्वमा केन्द्रीय समिति पुनर्गठन गरेका छन् । योसँगै वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी औपचारिकरुपमा फुटेको छ । वैद्य एमाओवादीसँग पार्टी एकताको विपक्षमा रहँदै आएका थिए । एकताको पक्षमा रहेका केन्द्रीय सदस्यहरुको बैठक शनिबार बादलको अध्यक्षमा बसेको थियो । ललितपुरको कुपण्डोलस्थित नेवाः राज्य समितिको कार्यालयमा बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले बादलको नेतृत्वमा एकता प्रक्रियामा जाने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
प्रवक्ता भुसालले भनिन्,–‘अध्यक्ष कमरेड किरण बैठकमा नआएपछि बादललाई अध्यक्ष चुनिएको छ ।’
वैद्य माओवादीको १९९ सदस्यीय केन्द्रीय समितिमध्ये बादल पक्षका १३० जना सदस्यहरु शनिबारको बैठकमा सहभागी थिए । तर, अध्यक्ष वैद्यसहित, सिपी गजुरेल, परि थापा लगायतका नेताहरु भने बैठकमा सहभागी भएनन् । बादल पक्षले वैद्यलाई अन्तिम समयसम्म एकताका लागि मनाउने प्रयास गरेको थियो । तर, प्रयास सफल भएन । अन्ततः बादल पक्षले एकता सम्बन्धी प्रस्ताव पारित ग¥यो र वैद्य कायरतापूर्वक पलायन भएको निष्कर्ष निकाल्यो । ‘किरण प्रवृत्तिले देशी विदेशी शक्तिद्वारा प्रयोजित माओवादी सखाप पार्ने अभियानलाई पनि वस्तुत टेवा पु¥याएको,’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ । वैद्यले माओवादी एकतालाई बारम्बार आलटाल गरेको बादल पक्षको आरोप छ । बैठकले वैद्यलाई हटाएर बादललाई अध्यक्ष चयन गरे पनि नेता रामदिप आचार्यले वैद्यलाई कार्बाही वा निष्काशन भने नगरेको दाबी गरे । उनले भने,–‘वैद्यलाई निस्कासन गरिएको पनि छैन, कारबाही गरिएको पनि होइन । केन्द्रीय समितिको बहुमतको निर्णयअनुसार बादलको संयोजकत्व मा एकता प्रक्रिया अघि बढाइएको हो ।’ आचार्यले अब पार्टी एकताका लागि वार्ता र छलफललाई तीव्रता दिइने बताए । उनका अनुसार बादल नेतृत्वको पुनर्गठित केन्द्रीय समितिको बैठक आइतबार बोलाइएको छ ।
यसैबीच नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले पार्टी फुटबारे औपचारिक धारणा सार्वजनिक गरेका छन् । उनले छुट्टै बैठक गर्ने रामबहादुर थापा बादल समूहलाई नवसंशोधनवाद परस्त पुच्छर प्रवृत्तिमा आधारित अवसरवादी गुटको संज्ञा दिएका छन् । निवर्तमान महासचिव बादलले शनिबार आफ्नै अध्यक्षमा केन्द्रीय समितिको बैठक राखेर एमाओवादी सँग भएको १२ बुँदे समझदारी अनुमोदन गरेको छ र पार्टी एकता अघि बढाउने निर्णय गरेको छ । यससँगै बैद्य माओवादी फुटेको छ । पार्टीमा आएको फुटपछि नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले विज्ञप्ति जारी गर्दै बादल गुटलाई अवसरवादी गुट भएको आरोप लगाएको छ । बैद्यले बादल र एमाओवादीबीच भएको १२ बुँदे सहमतिबारे पनि बालेका छन् । बादल र देव गुरुङले एमाओवादीसँग साँठगाँठ गरेर तयार पारिएको उक्त सहमति आफूलाई थमाइएको र मान्न भनिएको भन्दै बैद्यले भनेका छन्, सांगठनिक रूपमा यसले जनवादी केन्द्रीयताको गम्भीर उल्लंघन गरेको छ । यो गुटवाद तथा फुटवादमा आधारित छ ।’ दक्षिणपन्थी नवसंशोधनवादी राजनीतिक कार्य्दिशा लिएको र संविधानको प्रश्नमा यो प्रस्ताव मूलतः एमाओवादीकै नीति, मान्यता र दृष्टिकोणमा आधारित रहेको भन्दै उनले १२ बुँदे कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा र आफ्नो पार्टी्विरुद्ध छलछामपूर्ण तथा षड्यन्त्रमूलक ढङ्गले ल्याइएको बताएका छन् । क्रान्तिकारी माओवादीका अध्यक्ष बैद्यले आफूहरु इतिहासको अत्यन्तै जटिल मोडमा रहेको भन्दै पााचबुादे योजना पनि अघि सारेका छन् ।
पहिलोः कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारालाई जुनसुकै शर्तमा पनि बचाएर राख्नुपर्छ र क्रान्तिकारी धारालाई ध्वस्त पार्ने षड्यन्त्रविरुद्ध निर्मम सङ्घर्ष चलाउनुपर्छ । नेकपा क्रान्तिकारी माओवादीलाई दक्षिणपन्थी संशोधनवादी, संसदवादी तथा प्रतिक्रियावादी राज्यसत्ताको धारमा फसाउन र देश, जनता, मुक्ति तथा क्रान्तिको धारालाई ध्वस्त पार्नका लागि साम्राज्यवाद, विस्तारवाद, घरेलु प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादद्वारा भयानक षड्यन्त्र भइरहेको छ भन्दै बैद्यले त्यसको दृढतापूर्वक सामना गर्नु पर्ने बताएका छन् ।
दोस्रोः क्रान्तिकारी सिद्धान्त र कार्य्दिशाको रक्षाको प्रश्न हाम्रो कार्यसूचीको प्राथमिक महत्वको विषय बन्न गएको बैद्यले बताएका छन् । उनले पार्टीले लिएको नयाा जनवादलाई न्यूनतम र समाजवाद तथा साम्यवादलाई अधिकतम कार्यक्रमका रूपमा स्वीकार गर्ने नीति सही भएको बताए । अब पार्टीले क्रान्तिकारी सिद्धान्त, विचार र कार्य्दिशालाई अवलम्बन, प्रयोग र विकास गर्नु पर्नेमा जोड दिएका छन् ।
तेस्रोः रामबहादुर थापा बादल समूहका विरोध र क्रान्तिकारी धाराको पक्षमा उभिई बेहिचक अगाडि बढ्नु आजको ऐतिहासिक आवश्यकता भएको उनले बताए ।
चौथोः राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न निकै गम्भीर बन्दै गएको उनले बताए । जनजीविकाका समस्या निकै विकराल बन्दै गएका भन्दै उनले भनेका छन्, यसस्थितिमा वर्गसङ्घर्षसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याको समाधानका लागि क्रान्ति अनिवार्य रूपमा आवश्यक छ र त्यसको नेतृत्वका लागि हामी वैकल्पिक शक्तिका रूपमा पहल गर्न पुनः प्रतिबद्धता जाहेर गर्दछौं ।
पाँचौंः अब केन्द्रीय समितिको बैठक बसेर पार्टीको तात्कालिक तथा दीर्घकालीन कामका बारेमा आवश्यक रूपरेखा तयार पार्ने र निर्णय लिनु पर्ने बैद्यले बताएका छन् ।

Post a Comment

 
Top