0
कास्की कारगारमा एक कैदीको मृत्यु भएको छ । तीन दिन अघिमात्रै जेल चलान भएका नारायण थापाको बिहीबार मृत्यु भएको हो । के कारण मृत्यु भएको भन्ने नखुलेको आफ्न्तले बताएका छन् । प्रहरीले वैशाख ६ गते थापालाई पक्राउ गरेर जेल चलान गरेको थियो । जेल प्रशासनलले थापाको मृत्यु के कारण भएको भन्ने जानकारी दिएको छैन । उनका दाजु हरिबहादुर थापाले भने घरबाट सकुशल लगेका व्यक्ति तीनदिन पछि कसरी मृत्यु हुन्छ ? जेल प्रशासनको लापर्बाहीले भाईको मृत्यु भएको बताए । उनले घटनाको छानविनको समेत माग गरेका छन् । थापाले सधैं घरमा नै भइरहेको भाईलाई फरार अभियुक्त भनेर प्रहरीले पक्राउ गरेको बनाए । २०६८ साल असार ८ गते लागूऔषध मुद्दामा कास्की जिल्ला अदालतले १ वर्ष ९ महिना २५ दिन कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको सुचनामा उल्लेख छ । थापाको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।


Post a Comment

 
Top