0

गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका उपप्रधान तथा महिला, बालबालिका र समाज कल्याण मन्त्री सिपी मैनालीले सबै राजनीतिक दल एकजुट भएर अघि बढेमात्रै भविष्यमा आइपर्ने जस्तो सुकै खतराबाट पनि देशलाई जोगाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय सभाको २३ औँ अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले नाकाबन्दीको समस्या केही समयका लागि टरे पनि मुलुकलाई अस्थिरतातर्पm धकेल्ने र जनतालाई फेरि दुःख दिने गरी बाह्य शक्तिले केही राजनीतिक दलमा घुसपैठ गर्न सुरु गरेको बताए । यसका लागि प्रमुख राजनीतिक शक्तिहरु एक ढिक्का भएर चुनौतीको सामना गर्न तयार रहनुपर्ने उनँको भनाइ थियो । उनले प्रदेश बनाउँदा हिमाल र पहाडलाई मिसाउनै हुँदैन भन्ने सङ्कीर्ण सोचाइ त्याग्न पनि मधेसवादी दलसँग आग्रह गर्नुभयो । नेपाल नेत्रज्योति सङ्घको सक्रियतामा हालसम्म ३० लाखभन्दा बढी आँखाका रोगीको उपचार हुन सकेकामा सन्तोष व्यक्त गर्दे उनले निःस्वार्थ समाजसेवाको अभियानले  धेरै नेपाली जनताले आफ्नो गुमेको आँखाको ज्योति पाउन सफल भएको बताए । सो अवसरमा उनले आँखाको उपचारमा उल्लेखनीय योगदान पु¥याउने आँखा चिकित्सक, नेत्र सहायक र नेत्र ज्योति सङ्घका शाखालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । आँखा रोग चिकित्सक डा रघुनन्दन वैजु तथा डा नन्द श्रेष्ठ र बाँके नेत्रज्योति सङ्घलाई जनही र ५० हजार र नेत्र सहायकद्वय  सूर्यबहादुर बस्नेत र रियाजुदिन राईनलाई २५÷२५ हजार प्रदान गरिएको थियो । कार्यक्रममा आँखा बाको रुपमा चिनिएका प्रा डा रामप्रसाद पोखरेलले नेत्रज्योति सङ्घमा आबद्ध पदाधिकारी पारदर्शीता, जनसहभागिता र प्ररेणाको स्रोतको रुपमा रहनुपर्नेमा जोड दिए । वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले मरणोपरान्त आफ्ना दुवै आँखा दान गर्ने घोषणा गरे । सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा तीर्थप्रसाद मिश्रका अनुसार दुई दिने सो अधिवेशनमा अधिराज्यका ३० शाखाका २०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।  विसं २०४५ मा स्थापना भएको सङ्घको सक्रियतामा हालसम्म अधिराज्यका १७ ठाउँमा आँखा अस्पताल र ६९ ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको बताइएको छ ।









Post a Comment

 
Top