0
गोल्डेन न्यूज संवाददाता
चिल्डे«न–नेपालद्वारा बालिकाको लागि अनुशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । संस्थाको सहयोगमा पोखरा उप–महानगरपालिका भित्रका विभिन्न १० वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने ३५ जना बालिकाहरूको सहभागितामा कार्यक्रम भएको हो । ‘स्वास्थ्य, चेलिबेटी बेचविखन तथा बाल विवाह र त्यसको प्रभाव’ विषयमा भएको अनुशिक्षण कार्यक्रममा प्रजनन् स्वास्थ्य, यौवन अवस्था उमेर नपुगी हुने विवाह, त्यसको प्रभाव, चेलिवेटी बेचविखन, बाल विवाह लगायतका विषयमा बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मा, इसरत प्रविन, रमेश सुवेदी, महेन्द्र पौडेल तथा मेट्रोसिटी हस्पिटलमा स्टाफ नर्समा कार्यरत अस्मिता पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रमका सहभागीले बालिकाहरू माथि हुने दुव्यवहार रोक्न बेला–बेलामा अनुशिक्षण कार्यक्रम गरी सचेतना फैलाउनु पर्ने बताएका थिए । आफुहरुले पनि जनचेतना जगाउन सहयोग गर्ने भन्दै उनीहरुले कानूनी कुरालाई समेत कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । 
कार्यक्रममा बोल्दै चिल्डे«न–नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक रामचन्द्र पौडेलले बालिकाहरूले पढ्ने उमेरमा अनावश्यक लहलहैमा नलागी भविष्य उज्वल बनाउने तर्फ लाग्नु पर्नेमा जोड दिनुपर्ने बताए । सो अवसरमा संस्थापक सदस्य तथा नेपाल सरकारका पूर्व सहसचिव भीमलाल गुरुङले बालिकाहरूको उज्जवल भविष्य निर्माण गर्नको निम्ति चिल्डे«न–नेपालले सदैव साथ दिने बताए ।  संस्थाका कोषाध्यक्ष शान्त पौडेलले विद्यालय शिक्षाको महत्वबारे बोलेका थिए ।




Post a Comment

 
Top