0
गोल्डेन न्यूज संवाददाता
७ फाल्गुन ।रेडियो गण्डकीले आफ्नो नबौं बार्षिकोत्सवको अबसरमा साइकल ¥याली र शुभकामना आदान प्रदानसंगै गण्डकी पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ । फागुन १९ गते बुधबार विहान ७ बजे साइकल ¥याली र ११ बजेपछि विशेष समारोह हुने रेडियोले जनाएको छ। रेडियोले बार्षिकोत्सव मा यस पटक साइकल ¥यालीको आयोजना गर्न लागेको रेडियोका अध्यक्ष अग्निप्रसाद कँडेलले जानकारी दिए। ¥यालीमा   साइकल सिटीको संस्थागत सहभागिता रहनेछ भने पोखराका कलेज तथा विद्यालयका विद्यार्थीहरु, सघसंस्था, बैकर, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, उधोगी ब्यबसायी, पर्यटन ब्यवसायी, समाजसेवी लगायतको सहभागिता रहने कँडेलले बताए । मानिसलाई स्वास्थ्य राख्न र शुन्दर पोखरालाई स्वच्छ राख्न साइकल उपयोगी हुने भन्दै सञ्चार गृहका प्रबन्ध निर्देशक लक्ष्मण गुरुङले साइकल ¥यालीमा स्वतःस्फुर्त रुपमा पनि सवै सहभागी हुन सक्ने बताए । यसैबीच गण्डकी सञ्चार गृहद्वारा स्थापित तथा सञ्चालित गण्डकी पत्रकारिता पुरस्कार २०७२ बाट गण्डकी सञ्चार गृहका  सम्बाददाता नारायाण शाहीलाई सम्मान गर्ने भएको छ । रेडियोको तर्फबाट स्टेशन म्यानेजर घनश्याम पाण्डेय, पत्रकार महासघ कास्कीका सचिव त्रिभुवन पौडेल र क्रान्तिकारी पत्रकार संघका कास्कीका संयोजक दिपक परियार रहेको प्रतिभा छनोट समितिले शाहीलाई सिफारिस गरेको हो। शाहीलाई रेडियोका बार्षिकोत्सवको दिन रेडियोको प्राङ्गणमा हुने विशेष समारोहमा नगद ५ हजार रुपैयाँ सहित प्रमाण पत्रद्धारा सम्मान गर्ने संचार गृहले जनाएको छ । तनहुँ जिल्ला बरभञ्ज्याङ नाबरुङमा जन्मिएका शाहीले २०५३ सालदेखि पत्रकारिता शुरु गरेका हुन्। शाही गण्डकी सञ्चार गृहमा २०६४ सालदेखि आबद्ध छन् भने यसअघि, उहाँले दृष्टी, जनादेश, समदृष्टि र निष्पक्ष  लगायतका साप्ताहिक पत्रिकाहरुमा काम गरेका थिए ।


Post a Comment

 
Top